ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं–४ मा राजन भट्टराईलाई समर्थन गर्दै मुस्कान पार्टीका अध्यक्ष एवं उम्मेदवार एमालेमा प्रवेश


admin
मंसिर १८, २०७४ सोमबार  २ : ५९ बजे

काठमाडौँ, १८ मंसिर । आशन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा आयोजित चुनावी सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई पार्टी प्रवेश गराउनुभएको हो । पौडेलले प्रतिनिधिसभाका उम्मेदवार डा राजन भट्टराईलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा राप्रपाका पूर्व नेता एवं नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का र राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णु शिवाकोटी पनि एमालेमा प्रवेश गर्नुभयो ।

नेपाली काँग्रेसका शम्भू डंगोल, कलाकार जय श्रेष्ठ, दिनेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरि उदासी, कुमार बोगटी, कमला रेग्मी, रश्ना पौडेल, सविना भट्टराई, नमराज श्रेष्ठ, नारायण घिमिरे, श्याम कोजू श्रेष्ठ, वसन्त सुनुवार, बलराम श्रेष्ठ र उद्धव खनाललगायतलाई पनि अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराउनुभयो ।

खड्काले उहाँले काभ्रेमा राप्रपाका तर्फबाट दर्ता गरिएको उम्मेदवारी एमालेलाई समर्थन गर्दै फिर्ताको घोषणा गरिसक्नुभएको छ ।

अध्यक्ष ओलीले नेपाललाई गौरव गर्न लायक समृद्ध मुलुक बनाउन वाम गठबन्धनको जित अत्यावश्यक भएको बताउँदै राष्ट्रियता र स्वाधीनताका पक्षमा यस गठबन्धनले जनताको शिर नझुकाउने गरी काम गर्ने जनाउनुभयो ।

एमालेका प्रतिनिधिसभाका उम्मेदवार डा भट्टराईले आफूलाई एकपटक परीक्षणका रुपमा लिएर विजयी बनाउन आग्रह गर्दै विकास र समृद्धिका लागि गरिएका बाचा पूरा नभएमा अर्काे पटक चुनाव नलड्ने घोषणा गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य सुनिलकुमार मानन्धरले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

सो क्षेत्रका प्रदेशसभा (क) का उम्मेदवार निर्मल कुइँकेल (ख) का कुसुमकुमार कार्कीले पनि आफ्ना प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com