ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट ४५ जिल्लामा चुनावी प्रचारप्रसारमा रोक


admin

काठमाडौं, १८ मंसिर । दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशुसभा निर्वाचनका लागि दलहरुले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउनेछन् ।

दोश्रो चरणमा हुने ४५ जिल्लामा आज मध्य रातिदेखि मौन अवधी सुरु हुँदैछ । राति १२ बजेपछि सुरु हुने मौन अवधिमा निर्वाचन नसकिसम्म राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा १ हजार ६ सय ६३ तथा प्रदेश सभामा २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् । यस चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् । युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्राष्ट्रिय संस्थाका ४ सय पर्यवेक्षक तथा ५२ राष्ट्रिय संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।निर्वाचन आयोगले भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृह मन्त्रालयले जनाएको छ ।

४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । आजदेखि मतदान केन्द्रको व्यवस्थापनको काम सुरु हुने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेरामा सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ । निर्वाचनका लागि ४५ जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस आजदेखि २१ गतेसम्म बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com