ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भण्डारीको मार्गसिद्धान्त नेपाली राजनीतिका लागि असाधारण – प्रधानमन्त्री ओली


एबीसी न्यूज
असार १४, २०७७ आईतबार  ९ : २३ बजे

काठमाडौँ, १४ असार ।  स्वर्गिय जननेता मदनकुमार भण्डारीको ६९ औं जन्म जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले २० औं शताब्दीका सार्वाधिक महत्वपूर्ण व्यक्ति भण्डारीको मार्गसिद्धान्त नेपाली राजनीतिका लागि असाधारण उपयोगी भएको बताउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले एबीसी टेलिभिजनसगको विशेष सम्वादमार्फत २० औं शताब्दीका नेपाली राजनीतिका सर्वाधिक महत्वपूर्ण व्यक्ति मदनका राजनीतिक मार्गसिद्धान्तहरु नेपाली राजनीतिका लागि असाधारण उपयोगी भएको बताउनुभएको छ ।

स्वर्गिय जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले स्वर्गिय भण्डारीले देशलाई लगाएको गुणप्रति पुनः कृतज्ञताकासाथ प्रशंसा गर्नुभयो । स्वर्गिय भण्डारीको ६९ औं जन्मजयन्तीको उपलक्ष्यमा स्वर्गिय भण्डारीले मार्गदर्शनलाई अनुसरण गर्दै अघि बढ्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुंगे सा“घुमा जन्मनुभएको जननेता भण्डारीको वि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय मृत्यु भएको थियो । वि.सं.२०२८ सालमा औपचारिकरुपमा राजनीतिक जीवनमा प्रवेश गर्नुभएको थियो । भाषणकलामा निपूण, तीक्ष्ण बौद्धिकता, कुशल नेतृत्व र तत्कालीन समयमा हाकी नेताका परिचय बनाउनुभएको स्वर्गिय भण्डारीको रहस्यमय हत्याको कारण भने अझै खुल्न सकेको छैन ।

स्वर्गिय भण्डारीले नेपालमा कम्युनिष्ट आन्दोलनको निर्देशक सिद्धान्त प्रतिपादन गरि यसलाई जीवन्तता दिने विषयमा आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको नेकपा नेताहरु बताउ“छन् । प्रधानमन्त्री ओलीले पनि स्वर्गिय भण्डारीका प्रभावकारी विचारहरु र विचारबाट निर्देशित व्यवहार र आचरणहरुबाट भण्डारीस“गको पहिलो भेटमै आफू प्रभावित भएको बताउनुभयो । स्वर्गिय भण्डारीमा असाधारण बौद्धिकता, तार्किकता र विश्लेषण क्षमता भएको व्यक्ति रहेको र भन्दै प्रधानमन्त्री ओलीले पुनः स्मरण गर्नुभएको छ ।

स्वर्गिय भण्डारीसगै उहाका सहयोद्धा एवम् तत्कालीन नेकपा एमालेका कुशल संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि जीप दुर्घटनामा दुखद निधन भएको थियो । स्वर्गिय भण्डारी भने तत्कालीन अवस्थामा नेकपा एमालेको महासचिव पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । भण्डारीको वि.सं.२०३९ साल साउन १४ गते विद्यादेवि पाण्डेसग भूमिगत जनवादी विवाह भएको थियो । वर्तमन अवस्थामा देशमा नेकपाको दुईतिहाई बहुमतको सरकार छ भने, विद्यादेवि भण्डारीले राष्ट्रपतिको कार्यभार सम्हालिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com