ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भण्डारीको मार्गसिद्धान्त नेपाली राजनीतिका लागि असाधारण – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौँ, १४ असार ।  स्वर्गिय जननेता मदनकुमार भण्डारीको ६९ औं जन्म जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले २० औं शताब्दीका सार्वाधिक महत्वपूर्ण व्यक्ति भण्डारीको मार्गसिद्धान्त नेपाली राजनीतिका लागि असाधारण उपयोगी भएको बताउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले एबीसी टेलिभिजनसगको विशेष सम्वादमार्फत २० औं शताब्दीका नेपाली राजनीतिका सर्वाधिक महत्वपूर्ण व्यक्ति मदनका राजनीतिक मार्गसिद्धान्तहरु नेपाली राजनीतिका लागि असाधारण उपयोगी भएको बताउनुभएको छ ।

स्वर्गिय जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले स्वर्गिय भण्डारीले देशलाई लगाएको गुणप्रति पुनः कृतज्ञताकासाथ प्रशंसा गर्नुभयो । स्वर्गिय भण्डारीको ६९ औं जन्मजयन्तीको उपलक्ष्यमा स्वर्गिय भण्डारीले मार्गदर्शनलाई अनुसरण गर्दै अघि बढ्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुंगे सा“घुमा जन्मनुभएको जननेता भण्डारीको वि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय मृत्यु भएको थियो । वि.सं.२०२८ सालमा औपचारिकरुपमा राजनीतिक जीवनमा प्रवेश गर्नुभएको थियो । भाषणकलामा निपूण, तीक्ष्ण बौद्धिकता, कुशल नेतृत्व र तत्कालीन समयमा हाकी नेताका परिचय बनाउनुभएको स्वर्गिय भण्डारीको रहस्यमय हत्याको कारण भने अझै खुल्न सकेको छैन ।

स्वर्गिय भण्डारीले नेपालमा कम्युनिष्ट आन्दोलनको निर्देशक सिद्धान्त प्रतिपादन गरि यसलाई जीवन्तता दिने विषयमा आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको नेकपा नेताहरु बताउ“छन् । प्रधानमन्त्री ओलीले पनि स्वर्गिय भण्डारीका प्रभावकारी विचारहरु र विचारबाट निर्देशित व्यवहार र आचरणहरुबाट भण्डारीस“गको पहिलो भेटमै आफू प्रभावित भएको बताउनुभयो । स्वर्गिय भण्डारीमा असाधारण बौद्धिकता, तार्किकता र विश्लेषण क्षमता भएको व्यक्ति रहेको र भन्दै प्रधानमन्त्री ओलीले पुनः स्मरण गर्नुभएको छ ।

स्वर्गिय भण्डारीसगै उहाका सहयोद्धा एवम् तत्कालीन नेकपा एमालेका कुशल संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि जीप दुर्घटनामा दुखद निधन भएको थियो । स्वर्गिय भण्डारी भने तत्कालीन अवस्थामा नेकपा एमालेको महासचिव पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । भण्डारीको वि.सं.२०३९ साल साउन १४ गते विद्यादेवि पाण्डेसग भूमिगत जनवादी विवाह भएको थियो । वर्तमन अवस्थामा देशमा नेकपाको दुईतिहाई बहुमतको सरकार छ भने, विद्यादेवि भण्डारीले राष्ट्रपतिको कार्यभार सम्हालिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com