ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा बिगार्न चाहन्‍नौं : भारतीय रक्षामन्त्री (भिडियोसहित)


एबीसी न्यूज
जेष्ठ २१, २०७७ बुधबार  ९ : २७ बजे

काठमाडौँ, २१ जेठ । पछिल्लो समयमा नेपाल भारतवीचको सम्वन्धमा चिसोपन आउदै गर्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाटै हल गर्न सकिने दोहोर्‍याएका छन् । रक्षामन्त्री सिंहले भारतीय टेलिभिजन च्यानल सीएनएन न्युज १८ लाई मंगलबार दिएको अन्तर्वार्तामा ‘नेपालसँगको सम्बन्ध सधैं दाजुभाइको जस्तो रहेको उल्लेख गर्दै कहिलेकाहीँ दाजुभाइमा मतभेद देखिनु स्वाभाविक भएको बताएका हुन । यसअघि गत शनिबार भारतीय टीभी च्यानल आजतकसँगको अन्तर्वार्तामा पनि उनले नेपाल र भारतबीच लिपुलेकलगायत सीमा विवाद वार्ताबाट समाधान गर्न सकिने बताएका थिए ।

‘हाम्रो नेपालसँगको सम्बन्ध दाजुभाइको जस्तो हो, परिवारमा दुई दाजुभाइबीच कहिलेकाहीँ मुखामुख हुन्छ, त्यो ठूलो कुरा होइन र सँगै बसेर छलफल गरेपछि हल निस्किहाल्छ,’ सीएनएन न्युज १८ सँग मन्त्री सिंहले भनेका छन् । उनले सीमासम्बन्धी विवाद छलफलबाटै टुंगिने विश्वास व्यक्त गरे । ‘कुनै पनि समस्या सँगै बसेपछि नसुल्झिने भन्ने छैन । हामी सीमा विवाद पनि वार्ताबाट हल गर्नेछौं,’ उनले भने । भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंक ट्रयाकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच सीमाको विषय चुलिएको छ । उक्त ट्रयाकको उद्घाटन रक्षामन्त्री सिंहले नै गरेका थिए । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएकाले व्यापक विरोध हुँदै आएको छ । नेपाल सरकारले पनि भारतसमक्ष औपचारिक रूपमै विरोध जनाइसकेको छ ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/06/FormatFactory-Screen-Record20200603_092538.mp4

अन्तर्वार्ताका क्रममा ‘नेपालले चीनको इसारामा त नक्साको विवाद झिकेको होइन ? ’ भन्ने प्रश्नमा रक्षामन्त्री सिंहले नेपाललाई कुनै आरोप लगाउने पक्षमा आफू नभएको बताए । ‘कुनै आरोप÷प्रत्यारोप गर्न चाहन्नँ । सम्बन्धलाई हामी कुनै पनि हालतमा बिगार्न चाहन्नौं’ उनले भने । लिपुलेक सडकलाई लिएर नेपालले औपचारिक विरोध जनाएपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका थिए ।

मन्त्री सिंहले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको बताए । सीमाको विषयलाई लिएर नेपालले तत्काल वार्तामा बस्नका लागि भारतलाई आग्रह गर्दै आएको छ । सीमा समस्या समाधानका लागि गठित विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि तयार हुनसमेत भारतलाई औपचारिक रूपमा आग्रह गरिसकेको छ । तर भारतले वार्ताबारे ठोस जवाफ दिएको छैन । उसले कहिले कोभिड–१९ को महामारी नियन्त्रणपछि वार्ता गर्न सकिने बताउँदै आएको छ । नेपालले सडक उद्घाटनको विरोध गर्दा नै चाँडै द्विपक्षीय बैठक डाक्न आग्रह गरिएको थियो । भारतले सडक उद्घाटन गरेपछि नेपालले भने सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । भारतले नेपालद्वारा जारी नयाँ नक्सालाई मान्यता नदिने बताउँदै द्विपक्षीय वार्ताका लागि वातावरण बनाउन आग्रह गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com