ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहनविक्रमको अडान, पत्नीलाई नगर्ने मतदान


admin

प्यूठान, १४ मंसिर।  नेकपा(मसाल)का अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने हुनुभएको छ ।


सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार हुनुहुन्छ । राजमो मसालको खुला सङ्गठन हो । उहाँसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । नेता सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले यहीँ हुनुहुन्छ ।  नेता सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताउनुभयो । सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको नेता सिंहले सुनाउनुभयो ।

त्यसबेला उहाँ एक हजार २०० मत अन्तरले हार्नुभएको थियो । उहाँलाई पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बन्नुभएको थियो । “सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ”, उहाँले भन्नुभयो ।

धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउनुहुन्छ । धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिनुभएका उहाँलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन् । “अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था रहेसम्म म अर्धभूमिगत रहन्छु, साम्यवादी जनसत्ता स्थापनाका लागि लामो संघर्ष गर्नुपर्छ, यसका लागि म लामो समयदेखि लागेको छु”, गुरुले भन्नुभयो ।

केही वामपन्थी दल मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन बनाए पनि वाम दलबीच चुनावलगत्तै एकताको सम्भावना नरहेको उहाँको भनाइ छ । सबै कम्युनिष्टबीच एकता भएर एउटै दल हुनुपर्ने आवश्यकता रहे पनि धेरै छलफल आवश्यक रहेको नेता सिंहले बताउनुभयो ।

“संघीयताका बारेमा हाम्रो नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग मतभेद छ, छलफलद्वारा मतभेदलाई अन्त्य नगरेसम्म अहिले नै वाम दलबीच एकता हुन सक्दैन, सैद्धान्तिक रुपमा गहन बहसको जरुरी छ”, उहाँले भन्नुभयो । काँग्रेसको पुरानो नेतृत्वले लोकतान्त्रिक शासन व्यवस्थाका लागि लडे पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट यसको रक्षा हुन नसक्ने आरोप नेता सिंहले लगाउनुभयो । लोकतन्त्रकै रक्षाका पनि वाम दलबीच गठबन्धन गरेर चुनावमा जानुपरेको उहाँले सुनाउनुभयो ।

आफ्नो दल जनवादी शासन व्यवस्थाको पक्षमा रहे पनि संसदीय शासन व्यवस्थालाई तत्कालीन रणनीतिका रुपमा उपयोग गरेको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई गरी तीन पदका लागि प्यूठानमा यही मंसिर २१ गते मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com