ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाको मुख्य चुनावी मुद्दा ‘सिद्धबाबा सडक’


admin

पाल्पा, १४ मंसिर ।  चुनावका लागि उम्मेद्वारहरुले विभीन्न विषयलाई आफ्ना चुनावी मुद्धा बनाएका छन् । विकासको सपनादेखि रोजगारि र आर्थिक प्रगति सबै चुनावी प्रतिबद्धताभित्र समावेश गरिएको छ । धेरै दुर्घटनाका कारण मृत्युमार्गको संज्ञा पाएको पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा सडक पनि यसपटक आसन्न निर्वाचनमा दलहरुका लागि मुख्य चुनावी मुद्दा बनेको छ ।

तिनाउ गाउँपालिकास्थित दोभानमा पर्ने सिद्धबाबा क्षेत्रमा सुख्खा ढुङ्गासहितको पहिरोका कारण वर्षेनी यात्रुहरुको अकालमा ज्यान जाने गरेको छ । बुटवल उपमहानगरपालिकाको सिद्धबाबा क्षेत्रदेखि पाल्पाको तिनाउ गाउँपालिकाको दोभान प्रहरी चौकीसम्म करिब आठ किलोमिटर सडक क्षेत्रमा अहिले पनि पहिरोको खतरा टरेको छैन । पहिरो नरोकिँदा यात्रु तथा चालकहरु त्रासदपूर्ण यात्रा गर्न बाध्य छन् ।

गत असोज ७ गते मात्र सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडक खण्डमा खसेको पहिरोले ट्रक र कार पुरिँदा तीन जनाको मृत्यु भयोे । पहिरोमा गुल्मी बलेटक्सारका २४ वर्षीय यमबहादुर ज्ञवाली, ट्रक चालक तिनाउ गाउँपालिका ५ का माधव राना र गाडीमा सवार रुरु गाउँपालिका गुल्मीका ५१ वर्षीय तिलकराम भण्डारीको अकालमै ज्यान गुम्यो । यस्ता घटना वर्षेनी घटेपनि राजनीतिक तहबाट सडक बनाउन ठोस पहल भएको छैन ।

पटकपटक ढुङ्गे पहिरो खसेर गाडी नै पुरिँदा अकालमा ज्यान गुमाउने परिवारको पीडालाई भने चुनावका बेला दलका उम्मेदवारहरुले सम्झन थालेका छन् ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेय सिद्धबाबा क्षेत्रको जोखिम तत्काल समाधान गर्न वैकल्पिक सडकको रुपमा झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे सडक र बुटवलको नुवाकोट दोभान हुँदै सिद्धार्थ राजमार्गको काम अघि बढाउने बताउनुहुन्छ । वैकल्पिक सडकको कामलाई पनि निरन्तर रुपमा अघि बढाउदै लैजाने र अन्ततः सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बनाउने उहाँको योजना छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सिद्धबाबा क्षेत्रको सडक आफ्नो प्रमुख कार्यसूची भएको बताउनुभयो । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रैनादेवी छहरा गाउँपालिका–५, मुझुड्गको कटौजेपानीको आमसभामा नेपालको सोही कार्यसूचीलाई पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चाका क्षेत्र २ प्रदेश (ख) का उम्मेदवार निश्चल क्षेत्रीले वैकल्पिक सडकको रुपमा रुपन्देहीको देवदह–झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे सडक सञ्चालनले सिद्धार्थ राजमार्ग जोड्ने काम अघि बढेको बताउनुभयो । यो वैकल्पिक सडकबाट गाडी गुडाउन सकेको अवस्थामा पहिरोका कारण हुने मानवीय क्षति कम गर्न सकिने उहाँको भनाइ छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सिद्धबाबाको विकल्पमा रुपन्देहीको देवदह, चरङ्गे, चौकीभञ्ज्याङ, ज्यामिरे, झुम्सा सडकको काम अघि बढेको बताउनुभयो ।

सडक निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिकाले ३० लाख, तानसेन नगरपालिकाले २० लाख, रिब्दीकोट गाउँपालिकाले दश लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि पाल्पा खण्डको झुम्सा क्षेत्रमा काम भएको छ । पाल्पाका अन्य स्थानीय तहहरु पनि वैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नो क्षेत्रमा काम अघि बढाएको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा पाल्पा बुटबलका सवारीसाधन यही मार्ग हुँदै सञ्चालनमा आउने छ ।

निर्वाचन क्षेत्र २ मा माथागढी गाउँपालिकाको वडा नं १, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका वडा नं ८ बाहेक सबै, रिव्दिकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिका वडा नं ५ बाहेक सबै वडाहरु पर्छन् । यस क्षेत्रमा ९५ हजार २ सय ६९ मतदाता छन् । पाल्पामा कूल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com