ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना : ४ मृत्यु, ६८२ संक्रमित र ११२ डिस्चार्ज


एबीसी न्यूज
जेष्ठ १२, २०७७ सोमबार  ४ : ५६ बजे

काठमाडौं, १२ जेठ ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।  नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बृद्धको परीक्षण रिपोर्ट पोजेटि आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेज विरगञ्जमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका ७० वर्षिय वृद्धको मृत्यु भएको थियो ।

मृतक वृद्धको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । स्वास प्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको ३ गते स्वाव संकलन गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यसअघि धुलिखेल अस्पतालमा सुत्केरी महिला, बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा एक पुरुष र क्रिमसन अस्पतालमा उपचाररत पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८२ पुगेको छ । सोमबार मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार मन्त्रालयको पछिल्लो विवरण अुनसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जनामो पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १—१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

यसैगरी प्रदेश प्रदेश नम्बर १ मा १० हजार ८ सय २७, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ६८ र बागमती प्रदेशमा २३ हजार ३ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा १६ हजार २ सय १५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण गरिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com