ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा विवादपछि दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी, नेपाली ह्याकर्सद्धारा सात करोड भारतिय आधार कार्ड ह्याक


एबीसी न्यूज

काठमाडौं, १२ जेठ । कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै नेपालमा आलोचना भइरहेको छ ।
यो प्रकरण चर्चामा आएपछि भारतीय सञ्चारमाध्यमविरुद्ध पनि सर्वसाधारण खनिएका छन् । सीमित रुपमै रहेका नेपाली ह्याकरहरुले पनि भारतीय पक्षमाथि आक्रमण गर्न थालेका छन् । नेपाली ह्याकर सतनले भारतीय न्यूज च्यानल एबीपी न्यूजको ‘एपीआई की’ सार्वजनिक गरिदिएका छन् ।

एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) की यस्तो कोड हो, जसको प्रयोगबाट सम्बन्धित पक्षको प्रणालीसम्म पहुँच बनाउन सकिन्छ । एक एप्लिकेशन वा सिस्टमबाट अर्कोमा ‘संवाद’ गर्नलाई यो कोडको प्रयोग हुन्छ । जस्तै, नेपाली ह्याकरले सार्वजनिक गरेको एपीआई कोडमार्फत उसले फेसबुक लाइभ गरिदिन सक्छ । यद्यपि, यो कोडको प्रकृतिमा भर पर्ने कुरा हो ।

नेपाली ह्याकहरुको समुहद्धारा भारतीय सात करोड आधार कार्डको ह्याक गरेका छन् । नेपाली ह्याकर समुहका अनुसार भारतिय ह्याकरहरुले यस अघि नेपालका सरकारी केहि साइटहरु ह्याक गरेको र सो को बदलामा आफुहरुले भारतिय नागरिकहरुको विवरण आधार कार्ड ह्याक गरेको जनाएको छ ।

ह्याकर समुह सतनले जनाए अनुसार २ जिबी बराबरको डाटा आधारकार्ड ह्याक गरेको जनाएको छ । उनिहरुले सार्बजनिक गरेका फाईलहरु मध्य २ हजार १ सय ४५ जनाको व्यक्तिगत विवरण सहित आधारकार्डको बृस्ति विवरण रहेको छ ।

नेपाली ह्याकर समुहले यस किसिमको कार्य सर्बप्रथम भारतको तर्फबाट सुरु भएको र जसको प्रतिउत्तर स्वरुपमात्र आफुहरुले यस किसिमको काम गरेको भनेका छन् । यस किसिमको कार्यले दुवै देशको हित नहुने भएकोले नेपाली ह्याकर समुहले यस किसिमको कार्य कहिल्यै पनि नचाहेको र यसकिसिमको कार्य गर्नको लागि भारतिय ह्याकरमा निर्भार रहने पनि चेतावनि दिईएको छ । पुन यस किसिमको घटना दोहोर्याएको खण्डमा आफुहरु चुप नरहने पनि चेतावनि नेपालि ह्याकरहरुको रहेको छ ।

चेतावनि दिने क्रममा थप एक गलत चाल, र तपाईँ सिंहको मुस्कुराएको अनुहारको परिणाम थाहा छ । सुरक्षित रहनुहोस् र अरुलाई आक्रमण गर्नुहोस भनिको छ ।

भारतको युनिफाईड राष्ट्रिय परिचय पत्रलाई आधार कार्ड भनिन्छ । भारतिय नागरिकको लागि यस पहिचान कार्डमार्फत पूर्ण व्यक्तिगत जानकारी प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com