नारायणी अस्पतालका ९ कोरोना संक्रमित डिस्चार्ज




काठमाडौं, १० जेठ । वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत ९ जना निको भएर डिस्चार्ज भएका छन्।

शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज गरिएको अस्तपालले जनाएको छ। काठमाडौं, वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत ९ जना निको भएर डिस्चार्ज भएका छन्। शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज गरिएको अस्तपालले जनाएको छ।

दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरू ९ जनालाई डिस्चार्ज गरिएको हो नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९ पुगेको छ। हिजो बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भएर घर फर्किएका थिए। हालसम्म नेपालमा ५ सय ७४ जनामा कोरोना संक्रमण पाइएकोछ। तीन जनाको भने मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    Comment Here!


सम्बन्धित समाचार

View All