नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै



काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बजेट, एमसिसी र नेपाल(भारत सम्बन्धका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने नेकपाका एक जना सदस्यले जानकारी दिनुभयो । बजेट अधिवेशनबाटै एमसिसीको टुंगो लगाउन आजको बैठकमा नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनाएको एमसिसीको कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ ।

नेता रावलले आफूलाई पनि बोलाइएकाले बालुवाटारमा गएको बताउनुभयो । त्यस्तै बजेटका विभिन्न पक्षमा छलफल गर्नुपर्ने भएकाले आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको छ । सचिवालयले बजेटका विभिन्न पक्षमा छलफल गर्नेछ ।

    Comment Here!


सम्बन्धित समाचार

View All