ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको अन्तिम धक्का दिने चाहना छ : दाहाल


admin
मंसिर १४, २०७४ बिहीबार  १ : २० बजे

चितवन, १४ मंसिर। नेकपा (माओवादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आज यहाँ संवाददातासँग कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताउनुभयो । तपाईँलाई जनताले विश्वास गर्ने आधार के छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।”

समाजवादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो, “हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौँ, त्यसका लागि देशमा विकासनिर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।” पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकासनिर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गर्नुभयो ।

वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले लोकतन्त्र मास्न लागेका छैनौ  बरु थप सुदृढ गर्न खोजेका छौँ ।” पूर्व राजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उहाँले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठान हुने जानकारी दिनुभयो ।

घरदैलो अभियानका क्रममा जनताले तपाईँसँग के मागे भन्ने प्रश्नमा दाहालले भन्नुभयो, “जनताले विकास र संमृृद्धि मात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुली र खानेपानी रहेछ ।” क्षेत्र नं ३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उहाँले बताउनुभयो ।

अर्को एक प्रश्नमा उहाँले बदलिँदो परिवेश र जनताको तीव्र आकांक्षामा आफूहरुले चाहेजस्तो काम गर्न नसकेकाले पनि आफूले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि घरघरमा पुगेको बताउनुभयो । छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलो गरेर जनतासँग भेटघाट गर्दै गर्नुभएका दाहालले भन्नुभयो, “ मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com