ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश : २४ घन्टामा उपत्यकामा भित्रिए ७ हजार जना


एबीसी न्यूज

काठमाडौँ, ३० बैशाख । पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजार जना उपत्यका भित्रिएका छन् । सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी रहेको गृह मन्त्रालयको एक स्रोतले जनाएको छ ।

नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ । विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन् । प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा आउने जाने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्न थालेको छ । अझ दिउँसो काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि नापिन्छ ।

काठमाडौं प्रवेश गर्ने यात्रुको विवरण टिप्ने केही प्रहरीले पीपीई सेट पनि लगाएका छन् । हातमा पन्जा र मास्क सबैले लगाएका छन् । यो नाका हुँदै आउने सवारीले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर ल्याएपछि सहजै काठमाडौं प्रवेश पाउँछन् । नागढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ ।

प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा निजी गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन् । आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए । यी बाहेक तरकारी, दुध, खाद्यन्न, निर्माण सामाग्री बोकेर काठमाडौं आउने सवारीमा पनि यात्रु ओसार्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com