ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरी र उदयपुरमा सङ्क्रमित भेटिएपछि सिरहा नाका बन्द


एबीसी न्यूज


लहान, ३० वैशाख कोरोना । भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजावत रोक्न उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको थियो । तर, सप्तरीमा पनि कोरोना सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सीमानाकासमेत बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले जानकारी दिनुभयो ।

छिमेकी सप्तरी र उदयपुर जिल्लामा सङ्क्रमित पाइएकाले सिरहा जिल्ला पनि उच्च जोखिममा परेकाले ती दुवै जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरूपमा बन्द गरिएको र ती जिल्लासँग जोडिएका नाकामा सुरक्षा सतर्कता बढाइएको प्रजिअ गुरागार्इँले बताउनुभयो ।

सप्तरी र उदयपुरका विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल दुवै जिल्लाबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए ।

चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका सप्तरीका ती युवा लकडाउनकै समय गत वैशाख ९ गते पैदलयात्रा गरी सप्तरीस्थित घर आइपुगेका थिए । अन्य १३ जना साथीसहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

वैशाख २५ गते थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा सात जनाको रिर्पोट प्राप्त भएको र सोही रिर्पोटमा ती युवामा कोरोना सङ्क्रमण देखिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा चुमनलाल दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com