ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारपाक सुलिकोट गाउँपालीकाले श्रम गर्ने हरूलाई मात्र राहत दिने


एबीसी न्यूज


काठमाडौं, ३० बैशाख । लकडाउनका कारण श्रमिकलाई जीवन निर्बाह गर्न समस्या भएको भन्दै देशभर राहत वितरण भइरहेका बेला गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले काम गर्नेलाई मात्र राहत दिने थिति बसालेको छ । श्रम गरेर जीवन निर्वाह गर्ने र परनिर्भरता घटाउने उद्देश्यले ‘काममा आधारित राहत’ कार्यक्रम लागु गरेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

गाउँपालिकाको गत बैशाख २४ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘काममा आधारित राहत’ कार्यक्रमको कार्यविधि अनुमोदन गरी लागु गरेको अध्यक्ष भट्टले बताए । ‘राहत पाइन्छ भनेपछि गाउँलेमा श्रम नगर्ने, मागेर पाइन्छ भन्ने बानीको विकास हुने भएकाले श्रम गर्नेलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएका हौं’, अध्यक्ष भट्टले भने, ‘नाला बनाउने, नाला सफा गर्ने, सिँडी बनाउने, कुलो बनाउने काम गर्नेछन् । प्रतिघण्टा एकसय रुपैयाँका दरले दैनिक आठ घण्टा काम गर्नेलाई आठसय रुपैयाँका दरले राहत दिनेछौं ।’ कम समय काम गर्नेलाई कम र बढि समय काम गर्नेलाई बढि ज्याला दिने भएपछि उनीहरुमा काम गर्ने बानीको विकास हुने उनले विश्वास ब्यक्त गरे ।

काममा आधारित राहत कार्यक्रमका लागि गाउँपालिकाले हाल प्रत्येक वडालाई तीनलाख रुपैयाँका दरले २४ लाख रुपैयाँ बिनियोजन गरेको छ । कार्यक्रम उत्साहवद्र्धक भएमा बजेट थप पनि गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनको जिम्मा वडा अध्यक्षहरुलाई दिएको गाउँपालिकाले जनाएको छ । ‘के काम गर्ने भनेर कामको योजना बनाउने, कामदार छनौट गर्ने, कामको मूल्याङ्कन गर्ने, कामदारको निगरानी गर्ने, भुक्तानी गर्ने सबै जिम्मा वडा कार्यालाई दिने निर्णय भएको छ’, भण्डारीले भने, ‘श्रमिक छनौट गर्दा पहिलो चरणमा राहत पाएकाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने, वडा अध्यक्षले एउटा समूहमा पाँच जना मात्र रहने गरी समूह बिभाजन गरी काम लगाउनु पर्नेलगायतका व्यवस्था कार्यविधिमा छ ।’ पहिलो चरणमा गाउँपालिकाभरिमा छसय ३५ जनाले राहत पाएका थिए । यसमा थपघट हुनसक्ने उनले बताए ।

अहिले वडा नं. ६ को डाँडागाउँमा भेल कटाउने काम सुरु भइसकेको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नं। ५ को लाकुरीबोटमा सिँडी बनाउने काम पनि सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत गरिने काममा मेसिनको प्रयोगलाई निरुत्साहन गर्ने र धेरै ज्याला दिएर पनि मान्छे नै प्रयोग गरी काम गर्ने नियम लागु गरेको अध्यक्ष भट्टले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com