ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको गम्भीर ध्यानाकर्षण, निर्माण कार्य तत्काल रोक्न माग


एबीसी न्यूज
बैशाख २८, २०७७ आईतबार  ६ : ३४ बजे

काठमाडौं, २८ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले नेपाली भूमिमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो । सिंगो मानव सभ्यता नै कोरोना भाइरस महामारीको चुनौतीसँग जुझिरहेका बेला भारतले सीमा क्षेत्र मिचेर सडक निर्माण गर्नु खेदजनक भएको पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी नेपाल र भारतबीच सार्वभौमिकता र समानतामा आधारित समधुर छिमेकी सम्बन्धमा विश्वास गर्छ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

सुगौली सन्धि तथा ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी र लिपु लेक नेपाली भूमि भएको नेकपाको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाले सडक निर्माणसँग सम्बन्धित सबै काम तत्काल स्थगित गर्न भारतसँग आग्रह गरेको छ । साथै यस्ता गतिविधिहरु पुनः नदोहोर्‍याउन पनि आग्रह गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ सडक खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । यसअघि परराष्ट्रय मन्त्रालयले समेत शनिबार एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com