ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना परिस्थितिको विश्लेषण गर्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा विपक्षी दलका नेताको जोड


एबीसी न्यूज


काठमाडौं, २४ बैशाख । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आज शुरु भएको छैटौँ अधिवेशन प्रारम्भका अवसरमा उहाँले कोरोनाविरुद्ध हालसम्म भएका प्रयासको गम्भीर समीक्षा गर्दै विशेष रणनीति बनाएर त्यसलाई कार्यान्वयन गर्न गराउन संसद् चुक्न नहुने बताउनुभयो ।

कोभिड–१९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबैको आत्माको चिरशान्तिको कामना गर्नुभयो ।

उहाँले कोरोनासङ्क्रमित भई उपचाररत नेपालभित्रका सबै नेपाली र विभिन्न देशमा रहेका तीन हजारभन्दा बढी नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पर्याप्त स्वास्थ सामग्री अभावका बाबजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहनुभएका सबै स्वास्थकर्मीप्रति सम्मान प्रकट गर्नुभयो । उहाँले अहोरात्र आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइका क्षेत्रमा निरन्तर काम गरिरहेका सबैको प्रशंसा गर्नुभयो । कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिमा धैर्यपूर्वक त्यसको सामना गरिरहनुभएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको पनि प्रशंसा गर्दै उहाँले संयम र एकताका साथ महाव्याधिको सामना गर्न संसद्मार्फत अपिल गर्नुभयो ।

प्रतिपक्षको सहयोग र खबरदारी

कोरोनाको यो सङ्कटका बेला ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्य गरिरहेको, आफ्नो पार्टीका सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड –१९ को नियन्त्रण र निर्मूल गर्न आआफ्नोतर्फबाट निरन्तर कार्य गर्न आह्वान गरेको जानकारी दिँदै विपक्षी दलका नेता देउवाले कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न सरकारलाई हरसम्भव सघाउने तर बेथितिविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ‘लकडाउन’ का कारण श्रमिक, बेरोजगार र विद्यार्थी समस्यामा परेका बताउँदै कोरानाले रोजगारी गुमेका र राज्यबाट सहजरुपमा राहत पाउनुपर्नेलाई सघाउन आग्रह गर्नुभयो । श्रमिक, बेरोजगार, कृषक, डेरामा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीसहित प्रभावित सबैलाई बृहत् सहायताको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

सुकुम्बासी आयोग गठन, स्वास्थ्य सामग्री अभाव र त्यसको खरीदमा अनियमितता भएको भन्नेबारे सरकारको ध्यानाकर्षण गराउँदै उहाँले अनियमितता आरोप लागेकालाई पदमुक्त गरेर अनुसन्धानमा सघाउन र कडा कारवाही गर्न माग पनि गर्नुभयो ।

आगामी आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं विदेशमा अप्ठ्यारोमा रहेकाको उद्धार र पुनव्र्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “आज शुरु भएको प्रतिनिधिसभाको यो बैठकले कोरोनामाथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदमका बारे मार्गदर्शन गर्न र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न गराउन सक्नेछ”, नेता देउवाले मन्तव्य टुङ्ग्याउँदै भन्नुभयो ।
(((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com