ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदको छैठौँ तथा बजेट अधिवेशन शुरु : बजेट सम्बन्धी छलफल गम्भिरतापूर्वक अगाडी बढाएर निष्कर्षमा पुग्ने सांसदहरुको दावी


एबीसी न्यूज
बैशाख २६, २०७७ शुक्रबार  ७ : ४५ बजे


काठमाडौं, २४ बैशाख ।  संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट शुरु भएको छ ।  संविधानत्ः जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने भएकोले कोरोना संक्रमण र मुलुक लकडाउनको अवस्थामा रहेको अवस्थामै भएपनि संसदले अधिवेशन प्रारम्भ गरेको छ । आवश्यक स्वास्थ्य जाँच, स्वास्थ्य सचेतता अपनाउँदै भौतिक दुरी समेत कायम गरी संसद बैठक सञ्चालन गरिएको छ । संसदमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर लडिरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी र पत्रकारलाई संसदीय दलको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । कोरोनाले धेरै नकारात्मक असर पारेको भन्दै यस अधिवेशनले त्यो असर समाधानमा ध्यान पु¥याउनुपर्ने नेम्वाङले बताउनुभयो । प्रि–बजेट छलफल, नीति कार्यक्रमको सम्बन्धमा, बजेट सम्बन्धी छलफल गम्भिरतापूर्वक अगाडी बढाएर निष्कर्षमा पुग्ने उहाँको भनाई छ । प्राथमिकताको विषय यसपटक कोरोना नै भएपनि संसदमा विचाराधिन विधेयकहरु, अध्यादेशहरुलाई पनि टुंगोमा पु¥याउने उपनेता नेम्वाङले बताउनुभयो ।

नेम्वाङले सत्य निरुपण र बेपत्ता व्यक्तिहरुको छानविन आयोगको सम्बन्धमा कानुन निर्माणको सम्बन्धमा विधेयक सम्बन्धी आवश्यक कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यो अधिवेशनबाट बाँकी रहेका शान्ति प्रक्रियाका बाँकी काम सकिने विश्वास व्यक्त गर्नुभयो । सांसद अपहरण प्रकरणबारे बोल्दै उपनेता नेम्वाङले संसदमा यथार्थ कुरा आउनुपर्ने बताउनुभयो । नेकपा कुनै पनि प्रकारको अपराधको पक्षमा नरहेको उल्लेख गर्नुभयो । त्यसैगरी संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोभिड १९ विरुद्धको लडाइमा नियन्त्रण र निर्मुल गराउन सरकार असफल भएको जिकिर गर्नुभयो । राहत, क्वारेन्टाइन, अस्पतालमा सुरक्षा सामाग्री आपुर्ति हुन नसकेको उल्लेख गर्दै देउवाले न्युन रुपमा परिक्षण भइरहेको बताउनुभयो । सरकारले यस्तो अवस्थामा सरकारले शासन गर्ने नैतिक आधार गुमाएको आरोप लगाउनुभयो । कोरोना संक्रमणका त्रासका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसँग माग गर्नुभयो । नेपाल भित्राएर आवश्यक क्वारेन्टाइनमा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । भौतिक दुरी कायम राख्न उहाँले पार्टी पंक्ति र सबैलाई आग्रह गर्नुभएको छ ।

आगामी बजेट मुख्य रुपमा कोरोना केन्द्रीत हुनुपर्ने आफ्नो स्पष्ट माग रहेको देउवाले बताउनुभयो । बैठकमा सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेकपालका सांसद राजेन्द्र महतोले कोरोनाको परिक्षण कम भएको भन्दै परिक्षण बढाउनुपर्ने धारणा राख्नुभयो । सरकारको अहिले जनतालाई महामारीबाट बचाउनु र राहत दिनु नै मुख्य काम भएपनि सो काम भए नभएको सरकारबाट अनुगमन हुन नसकेको जिकिर गर्नुभयो ।

नेकपा मशालकी सांसद दुर्गा पौडेलले सरकारले भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताउनुभयो । विदेशबाट आउने युवाहरुलाई रोजगारी र कृषिमा केन्द्रीत गर्न सरकारसँग दिर्घकालिन योजना आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

नेमकिपाका सांसद प्रेम सुवालले राहत वितरणमा पक्षपात गरिएको, कुहिएको खाद्यान्न वितरण गरिएको र अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको उपलब्धता नभएकोमा सरकारको ध्यानाकर्षण गराउनुभएयो ।  संसदको अर्को बैठक बैशाख २८ गते बस्नेछ भने प्रि–बजेट माथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com