ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युयोर्कमा घरभाडा नतिरेपनि अगस्त २० सम्म निकाल्न नपाइने


एबीसी न्यूज
बैशाख २६, २०७७ शुक्रबार  ११ : २० बजे

न्युयोर्क, २६ वैशाख । अब न्युयोर्कमा भाडावालले घरभाडा नतिरेपनि घरधनीले भाडामा बस्नेलाई अगस्त २० सम्म निकाल्न नपाउने भएका छन् । साथै यो अवधिमा घरभाडा तिर्न ढिलो भएको अवस्थामा बिलम्ब शुल्क समेत लिन नपाइने भएको छ ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले भाडा नतिरेपनि घरबाट निकाल्न नपाइने नियम ६० दिन थपेर अगस्त २० सम्मका लागि कायम गरेका हुन् । आवासीय र कर्मर्सियल दुबैका हकमा यो नियम लागु हुनेछ । अर्थात् घरमा बसेकाहरुलाईमात्र नभई कार्यालय राखेकाहरुलाई पनि घरधनीले निष्काशन गर्न पाउनेछैनन् ।
कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटको सामना गरिरहेका भाडावालहरुलाई सहयोग गर्न गभर्नर कुमोले यस्तो घोषणा गरेका हुन् । कुनै घरवेटीले भाडामा बस्नेलाई निकाल्न खोजेमा वा दुब्र्यबहार गरेमा भाडामा बस्नेले ३११ मा फोन सम्पर्क गरेर यसबारे जानकारी दिनसक्नेछन् ।

न्युयोर्क सिटीमा अहिलेसम्म संक्रमण पुष्टी हुनेहरुको संख्या झण्डै १ लाख ७५ हजार पुगेको छ भने मृतकको संख्या १४ हजार १ सय ६३ पुगेको छ । अरु ५ हजार ३ सय ७८ जना पनि कोरोनाबाटै मृत्यु भएको आशंका गरिएको छ ।

अप्रिल ६ मा न्युयोर्कमा एकैदिनमा ६ हजार २ सय ६ जना संक्रमित थपिएका थिए । तर अहिले क्रमश यो दर घट्दै गएको छ । पछिल्लो एकदिनमा न्युयोर्क सिटीमा १८६५ संक्रमित थपिएका छन् ।

अप्रिल ७ मा न्युयोर्क सिटीमा मृतकको संख्या ५७५ सम्म पुगेको थियो तर अहिले मंगलबारसम्म आइपुग्दा यो दर दैनिक ३० मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com