ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार नाघ्यो, ३९ लाख १६ हजारबढी संक्रमित (कहाँ कति सूचिसहित)


एबीसी न्यूज

काठमाडौं, २६ वैशाख । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७१ हजार ५४ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ५६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहानसम्ममा ३९ लाख १६ हजार ८५५ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९५ हजार ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ४२ हजार १६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख ४ हजार ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ लाख ५३ हजार ६९९ पुगेको छ । एकै दिन २८ हजार ७५९ जनामा नयाँ संक्रमण देखिएको छ ।

युरोपका देशहरुमा अहिलेसम्म १ लाख ४८ हजार ४६१ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ८३० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख ११ हजार ५२९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९३ हजार ७०९ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार ४०४ जनाको अवस्था गम्भीर छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २०५ पुगेको छ । एकैदिन ३९९ जनाको मृत्यु भएको छ ।

१५ हजार ४३९ नयाँ संक्रमित थपिएसँगै ६ लाख १८ हजार ५०४ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ३८ हजार ६४० जना निको भएका छन् । २ लाख ५८ हजार ६५९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार २०१ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ८०८ पुगेको छ । एकैदिन ३२ हजार ९०७ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८४ हजार ९३८ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार २३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५३२ पुगेको छ ।

संक्रमितमध्ये ९३ हजार ९२० निको भएका छन् भने १ लाख ५९ हजार ३९० जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ५५ हजार २६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार ८० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ४८९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ ।

२४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।

संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् । अहिले ६६ हजार ८६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९९५ को अवस्था गम्भीर छ ।

बेलायतमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ ।

एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ लाख ७५ हजार ७५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com