ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ वर्षीया संक्रमितका बाबु भन्छन् – म आफैं सम्पर्कमा छैन, सुतिरहेकी छ भन्दै झूटो बोल्छु


एबीसी न्यूज

 

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा सात वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् । उनी पनि आइसोलेसनमै छन् ।

आइतबार थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने रु’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ ।

अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइरहेको, बाबा, अम्मी भन्दै चिच्याइरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चिच्याहट सुनेर रातभरि सुत्न सकिनँ । छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे ।

आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा एक्लै कहिल्यै बसिन । राति मेरो अँगालोमा निदाउने बानी थियो । अहिले त्यो कोठामा कसरी बसेकी होला, कोरोनाले भन्दा छोरीको चिन्ताले पिर लागेको छ ।

उता पत्नीले पटकपटक फोन गरेर छोरीको आवाज सुनाइदिनु भन्छे । म आफैं सम्पर्कमा छैन, सुतिरहेकी छ भन्दै झूटो बोल्छु । न छोरीको कोठामा खेलौना छ, न केही खाने कुरा । घरमा फलफूल, बिस्कुट, चक्लेट निकै खान्थी । सोमबार बिहान बिस्कुट चाहियो भन्दै कराइरहेको सुनेँ तर नर्स र कुरुवाले खासै वास्ता गरेनन् । मैले कुरुवासँग छोरीलाई बिस्कुट ल्याइदिनु भन्दा विवाद नै भयो । धेरै कराएपछि बिस्कुट र केही चक्लेट ल्याइदिए । उसलाई खेल्ने, रमाइलो गर्ने बालमैत्री वातावरण छैन । हिजैदेखि इन्टरनेट छैन ।

कम्तीमा टेलिभिजन या इन्टरनेट भएको भए ऊ कार्टुन हेरेर भुलिने थिई । रातभरि मच्छडले टोक्छ । यहाँ झुलसमेत छैन । म बस्ने कोठाको मूलढोका भाँच्चिएको छ । छोरी एकातिर, म अर्कोतिर । घरमा पत्नी एक्लै । छोरीलाई मसँगै राखिदिए पनि सम्झाउन पाउँथें । अभिभावकको साथमा हुँदा ढुक्क हुन्थी । आइसोलेसन हाम्रा लागि जेलजस्तै छ । ऊ चित्र भएका किताब हेर्न खुब मन पराउँछे तर यहाँ उसको मन भुलाउने न किताब छ, न खेलौना ।

आइसोलेसनमा राखिसकेपछि नागरिकले पाउनुपर्ने सबै सुविधा उपलब्ध गराउनुपर्ने हो । हामीलाई ज्वरो पनि आएको छैन । बिरामीको कुनै लक्षण छैन । संक्रमित टोल भएकाले आशंका लागेका व्यक्तिको थ्रोट स्वाब परीक्षण भइरहेको थियो । म पनि दुविधामा रहनुभन्दा जाँच गरिहालौं भनेर आफैं स्वाब दिन गएको थिएँ । गत शुक्रबार भेटिएका संक्रमितसँग मेरी छोरी कहिल्यै सम्पर्कमा आएकी थिइन, मैले पनि भेट गरेको थिइनँ । तर, रिपोर्ट पोजेटिभ देखियो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्बपतिहरूको कब्जामा एआई : भ्रामक सूचना, दमन र असमानताको जालो, अब समाधान के ?

कञ्चनपुर–३ मा कांग्रेसको ‘सरप्राइज स्विच’: रमेश लेखकको क्षेत्रबाट हरि बोहरा मैदानमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अर्बपतिहरूको कब्जामा एआई : भ्रामक सूचना, दमन र असमानताको जालो, अब समाधान के ?

कञ्चनपुर–३ मा कांग्रेसको ‘सरप्राइज स्विच’: रमेश लेखकको क्षेत्रबाट हरि बोहरा मैदानमा

कांग्रेस विवाद: देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासमा

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बने महावीर पुन

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com