ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार नाघ्यो, २ लाख १७ हजार बढीको मृत्यु ( कुन देशमा कति ? सूचीसहित)


एबीसी न्यूज
बैशाख १७, २०७७ बुधबार  ६ : ४५ बजे

काठमाडौं, १७ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख १७ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बढेर ३१ लाख ३६ हजार ६ सय पुगेको छ । त्यसमध्ये ९ लाख ५३ हजार ३ सय ६६ जना भने उपचारपछि घर फर्किएका छन् । ५६ हजार ९ सय ७० जनाको अवस्था भने गम्भीर छ  ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ । केही दिनयता दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको अमेरिकामा गएको २४ घण्टामा भने झण्डै दोब्बरले बढेको छ । त्यहाँ थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार नाघेको छ । यस्तै १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार अमेरिकामा १३ सय ८४ जनाको ज्यान गएको छ ।

इटलीमा भने ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारको भन्दा केही बढेको छ । मङ्गलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ ।

स्पेन र फ्रान्समा भने दैनिक ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । यी दुई देशमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीको ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी अहिलेसम्म साढे २१ हजारभन्दा बढीको ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ । यसैगरी कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । ७७ हजार पाँच सय ५५ जना निको भएका छन् ।

यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । सात हजार सात सय ४७ जना भने निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

सम्बन्धित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

आईफोन र आईप्याडका लागि नयाँ सफ्टवेयर: मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्ने

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

मन्त्रिपरिषद्को बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com