ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता किम जीवितै : हजुरबुबाको जयन्तीमा सामेल नभएपछि यो कुरा बाहिरिएको थियो


एबीसी न्यूज

एजेन्सी । हालै उत्तर कोरियाका तानाशाह किम जोङ उनको मृत्युको अफवाह संसारभरि फैलियो । आफ्नो डर र शक्ति तथा बयानहरूले चर्चामा रहने किमको मृत्युको खबर सबैको चासोको विषय थियो नै ।

तर, उनको मृत्युको खबर संसारभरि भाइरल भइरहँदा उत्तर कोरियाले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन । तर, उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाले भने किमको मृत्युबारे प्रतिक्रिया दिएको छ । उसले किमको मृत्यु भएको भन्ने समाचार केवल अफवाह मात्र भएको बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिका परराष्ट्र सल्लाहकार चुङ इन मुनका अनुसार किम जुङ उन पूर्णतः स्वस्थ छन् ।

रिपोर्टहरूमा उल्लेख गरिएअनुसार मुनले भने, ‘किमका लागि हाम्रो सरकारको धारणा जारी छ, तर उनी जिउँदै र स्वस्थ छन् । उनी अप्रिलको २३ तारिखबाट वोनसन भन्ने इलाकामा बसिरहेका छन् ।’

केही समय पहिले किम बिरामी भएको खबर आएको थियो । उनको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि संक्रमणको सिकार हुन पुगेको बताइएको थियो । धेरै अन्तर्राष्ट्रिय समाचारहरूमा त उनलाई कोरोना भएको र चिनियाँ डाक्टरबाट उनमा कोरोना सरेको बताइएको थियो ।

उनी १५ अप्रिलमा उनका हजुरबुबाको जयन्तीमा सामेल नभएपछि यो कुरा बाहिरिएको थियो । त्यस्तै त्यसपछि भएको सेना दिवसमा पनि उनको उपस्थिति नभएपछि उन गम्भीर बिरामी रहेको तथा मृत्युसम्म भएको हुनसक्ने आँकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com