बुटवल, ५ बैशाख ।
नेपाली सेनाले पहिलो पटक गैर सैनीक नागरिकलाई प्रधानसेनापति पदक दिएको छ । इतिहासको ओझेल परेको जितगढीको इतिहासलाई उजागर गर्न योगदान गर्ने बटौलि संरक्षण तथा सम्बर्द्धन समितीका अध्यक्ष रविन्द्र गोपाल लाकौललाई यस वर्षको “प्रधानसेनापति प्रशंसा कदर पदक” प्रदान गरिएको छ । फागुन ७ गते सेना दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएपनि अस्वस्थाका कारण औपचारीक कार्यक्रममा लाकौल उपस्थित हुन नसकेपछि गत बिहिबार सेनाको अधिकृत सहितको टोलि लाकौलको निवासमा पुगेर पदकबाट उहांलाई पदकबाट सुशोभित गरेका थिए ।
अंग्रेज सेनालाई पराजित गर्न सफल नेपाली सेनाको ऐतिहासिक बिरता र विजयको प्रतीक जितगढी किल्लाको संरक्षकमा अतुलनीय योगदान गरे बापत लाकौललाई सो पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना स्थापना दिवसमा घोषणा गरिएको पदक नेपाली सेनाका सेकेन्ड लेफ्टिनेण्ट किरन बुढाथोकी तथा करण सिंह सहितको टोलिले उहाँकै निवासमा पुगेर प्रदान गरेका थिए । रविन्द्र गोपाल लाकौल “प्रधानसेनापति प्रशंसा कदर पदक” प्राप्त गर्ने पहिलो गैर सैनिक नागरिक हुनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्