ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ दिनको पैदल यात्रा, २ छाक भरपेट खाना ! [भिडियो सहित]


sharan sharan
बैशाख ३, २०७७ बुधबार   ९ : ५५   बजे

बुटवल, ३ बैशाख । सोलुखुम्बुबाट बर्दियाका लागि पैदल यात्रा तय गरेका श्रमिकहरु ११ दिनका दिन भोकै प्यासै बुटवल पुगेका छन् । हाईड्रो कम्पनीमा काम गर्ने बर्दिया बांसगढीका उनीहरुले ११ दिने यात्रामा २ पटक मात्र पेटभरी खाना खान पाएको बताएकाछन् ।
११ दिनको लगातारको पैदल यात्रा, अनि २ छाक मात्र पेटभरी खाना । दर्शक बृन्द अनुमान गर्नुहोस् उनीहरुलाई कस्तो भयो होला । झोलामा सिमित चाउचाउ र बिस्कुट लिएर ११ दिन अघि सोलुखुम्बुबाट पैदल हिंडेका बर्दिया बांसगढीका धनराज घर्ती सहितको श्रमिकहरुको टोलि सोमबार बुटवल पुगेका थिए । हिंड्ने बेलामा झोलामा बोकेको खानेकेरा २,३ दिनमा सकिन थालेपछि कतिपय दिनहरुमा १ छाक मात्र चाउचाउ र पानी पिएर दिनभरीको यात्रा तया गरेको उनीहरुले बताएकाछन् । ११ दिनको दिनमा बाटामा दुईवटा स्थानीयतहले पेटभरी खाना खुकाएको बाहेक हरेक दिन आधा पेट खाएर हिंडेको टोलिमा सहभागि धनराज घर्ती बताउंछन् ।
गाडी पाईए गाडी चढ्ने नत्र हिंडेरै घर पुग्ने अठोट ११ दिन पुग्दा पनि सकिएको छैन । ११ दिन त हिंडियो अव ५ दिन हिंडिन्छ टोलिकै अर्का श्रमिक प्रेम बिसीको भनाई छ ।
काठमाण्डौ स्वयम्भुमा चैतन्य बनाउने काम गरिरहेका श्रमिकहरुको टोलि पनि ३ दिन लगाएर सोमबार बुटवल पुगेको थियो । दाङको भालुबाङ पुग्ने उनीहरुको साहस हेर्दै उदेक लाग्दो देखिन्थ्यो । झम्के सांझमा बुटवलको मैनाबगर चोकमा भेटिएका उनीहरुले घर पुग्ने हतारोले बाटोमा स्थानीयले भात खान आग्रह गर्दा पनि नखाएर चिउराकै भरमा हिंडेको बताउंछन् । स्वाभिमान देखाउंदै उनीहरु मध्यका एकजनाले दुःख लुकाउंदै चिउराले पेट भरीएकाले भात नखाएको बताईरहेका थिए ।
काठमाण्डौबाटै बर्दियाको राजापुर हिंडेको अर्को टोलिको ब्यथा पनि अघिल्लो २ वटा टोलिको भन्दा फरक छैन । बाटोमा भेटिएको कहिले टिप्पर कहिले दुध बोक्ने जिप हुंदै ३ दिनमा बुटवल पुगेका उनीहरुसंग पनि झोलामा भएको खानेकुरा सक्किसकेको थियो । सानी बहिनीसमेतलाई साथमा लिएर हिंडेकि बर्दियाकी प्रेमकुमारी थारुलाई घर पुगेपछि पेटभरी खान पाईने बिश्वास छ । घर पुग्ने अभिलासाले बाटाका भोकहरु उनीहरुका लागि महत्वहिन बनेका छन् ।
एबिसी न्युजको लगातारको फलोअप पछि भने बुटवल उपमहानगरपालिका तातेको छ । सडकमा पैदल यात्रा तय गरिरहेका १ सय बढी श्रमिकहरुलाई सोमबार सांझ बुटवल उपमहानगरको वार्ड नम्बर १ ले खानामात्र खुवाएन, उपमहानगरले बस रिजर्भ गरेर उनीहरुलाई गन्तब्य सम्म पु¥याईदिएको छ । उपमहानगरले खर्च ब्यहोर्ने गरि २ वटा ट्रक र १ वटा बसमा उनीहरुलाई पठाईएको वडा नम्बर १ का वार्ड अध्यक्ष महेन्द्र लिगलले जानकारी दिएकाछन् । एबिसी न्युज हेरेर आफुले श्रमिकहरुलाई उद्दार गर्न पहल गरेको वडा अध्यक्ष लिगलले बताए ।
उनलाई वार्डका स्थानीय युवाहरुले सघाएका थिए । लायन्स आंखा अस्पताल अगाडी प्रतिक्षालयमा चुल्हो बनाई खाना बनाईरहंदा पुरानो बुटवलका युवाहरुले अध्यक्ष लिगललाई साथ दिएका थिए ।
श्रमिकहरुलाई खाना खुवाउन आफै पुगेका बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदीले पनि नगर भिर र नगरमा बाहिरबाट आएका कसैलाई भोकै बस्न नदिने उपमहानगरको निर्णय भएको सुनाउंछन् ।
कोरोना भाईरसका कारण मुलुक यतीबेला लकडाउनमा छ । लकडाउन लम्बिंदै जांदा दिनदिनै ज्याला मजदुरी गरेर खाने श्रमिकहरुको जिवन कस्टकर बन्दै गएको छ । खानाको जाहो गर्न नसकेर घर हिंडेका श्रमिकहरुलाई या त राज्यले उचित बस्ने खानेको ब्यवस्था गर्नु पर्दछ, या त घर सम्म पु¥याउन सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group