ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रीको ‘भिडियो कन्फरेन्स : आबद्ध श्रमिककोे सबैखाले सुरक्षामा ध्यान दिन आग्रह


एबीसी न्यूज


काठमाडौं, २९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखसँग ‘भिडियो कन्फरेन्स’ गरी आबद्ध श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारमा भएको एक घण्टा १० मिनेटको ‘भिडियो कन्फरेन्स’मा पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखले आआफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगामी दिनमा चाल्नुपर्ने कदम र सरकारसँगको अपेक्षाको विषयमा कुरा राख्नुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले कोभिड–१९ को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीको सबै खालका सुरक्षा र आगामी कार्ययोजनाबारेमा छलफल गर्नुभएको हो ।

छलफलमा होटल एशोसिएशन अफ नेपाल ९हान० का अध्यक्ष सिर्जना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० का अध्यक्षमा खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण सङ्घ ९एनएमए०का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० का अध्यक्ष अच्युत गुरागाईं सहभागी हुनुहुन्थ्यो ।

छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीको दैनिक जीवनयापनको बिषयमा विशेष ध्यान दिन आग्रह गर्दै कुनै पनि श्रमिकलाई भोकै रहन नदिन आआफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । मन्त्री भट्टराईले देशको जुनसुकै भू–भागमा रहेका श्रमिक तथा मजदूर भोकै बस्ने अवस्था रहन नहुने तथा कहीँकतै समस्या भएको भए आफूलाई खबर गर्न आग्रह गर्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर तत्कालै समस्या समधान गरिने उल्लेख गर्नुभयो ।

लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकको दैनिक जीवनयापनका लागि फरक विकल्प पनि सोच्नुपर्ने उहाँको भनाइ थियो । पर्यटनमन्त्रीले भन्नुभयो, “यदि मुलुक लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकको सुरक्षा कसरी गर्ने रु त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौँ । श्रमिकलाई महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिन्छ ।”

मन्त्री भट्टराईले श्रमिकका लागि आवश्यक कोष बनाउनका निम्ती तयारी थाल्न पनि नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरका विषयमा पर्यटन बोर्डको समन्वयमा तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै त्यसमा प्रभावकारीरुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

बोर्डको कार्यकारी अधिकृत ९सिइओ० डा धनञ्जय रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भइरहेको तथ्याङ्क सङ्कलनमा सबै सामेल हुन आग्रह गर्नुभयो । डा रेग्मीले पर्यटन क्षेत्रमा परेको असरका विषयमा सही तथ्याङ्क नभएसम्म आगामी कार्ययोजना बनाउन समस्या हुने बताउँदै बोर्डले जारी राखेको सर्भेमा सामेल हुन पनि आग्रह गर्नुभयो ।

सङ्घसंस्थाका प्रमुखले पर्यटनमन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाइमा विदेशी पर्यटकको उद्धारमा भएको कामको प्रशंसासमेत गर्दै यसले विश्वमा नेपालका बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

थाइल्याण्डमा रेल दुर्घटना : क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

सम्बन्धित

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

देउवाले गगन-विश्वप्रकाशलाई भने– ‘पार्टी नफुटाऊ, म उदार छु’

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com