ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रोकथामको कामसँगै बजेटको तयारी गरौँ– मुख्यमन्त्री पौडेल


admin
चैत्र २४, २०७६ सोमबार   ८ : ५७   बजे

काठमाडौं, २४ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिनुभएको छ । आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उहाँले उक्त निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ । छलफल कार्यक्रममा बजेटलाई परम्परागतभन्दा पृथक ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागी मन्त्री तथा सचिवले सहमति जनाउनुभएको छ । जति सङ्कट भए पनि आन्तरिक रुपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

“अहिलेको समयमा भौतिक दूरी कायम गर्दै, भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौँ काममा जुटौँ”, उहाँले भन्नुभयो । गएका वर्षमा बनाएका बजेटको समीक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गर्नुभयो । आफूहरु हरेक कुरामा परिवर्तन गर्छौं भनेर निर्वाचित भएर आएकाले कामको गति बढाउन ढिला गर्न नहुने उहाँको भनाइ थियो ।

“कुरा मात्र नयाँ हैन, अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परिवर्तन ल्याउन सरकारले हरसम्भव प्रयास गर्नुपर्छ, नयाँ विचार नयाँ योजनाका साथ काम गर्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । जनताले अनुभूत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्वपूर्ण कुरा समावेश गरेर योजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो । “सानासाना योजनामा पैसा छरेर परिवर्तन हुन सक्दैन अनि जनताले पनि अनुभूत गर्न सक्दैनन् त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौँ, लगानी उत्पादनसँग जोडाँै, आधारभूत आवश्यकतालाई जोड दिने गरी बजेट बनाऔँ”, पौडेलले भन्नुभयो । विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट ल्याउन छलफल गराउन शुरु गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । अहिले मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको मन्त्री ढुङ्गेलको भनाइ छ ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, सामाजिक विकासमन्त्री युवराज दुलाल, योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिवको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group