ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीडभाड कम गर्न महानगरपालिकाले एघार स्थानमा तोक्यो तरकारी बजार


admin
चैत्र २४, २०७६ सोमबार   ८ : ५२   बजे

काठमाडौं, २४ चैत । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले तय गरेका स्थानमा कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि स्थान तय गरेको हो ।

महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको बताउनुभयो । “कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो । प्रमुख भण्डारीका अनुसार ती स्थानबाट सबै खाले फलफूल र तरकारी उपलब्ध गराइने छ ।काठमाडौँका प्रजिअ जनकराज दाहालको अध्यक्षतामा आज बसेको बैठकले फलफूल तथा तरकारी बजारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिँदा उक्त तरकारी तथा फलफूलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको सङ्क्रमण फैलन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै भन्सार विन्दुमा नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्णरुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीले फलफूल तथा तरकारी भारतबाट आयात गर्न नपठाउने पनि निर्णय गरेको छ । त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थ परक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group