ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट


admin

काठमाडौं, २४ चैत । कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ?  सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि? अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानीबाट मुक्त हुँदै हुनुहुन्छ । आजदेखि कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिन सक्नुहुनेछ । सँगै मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन प्रणालीकोसमेत शुरु गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यसलाई गृहमन्त्रालयले ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ । यसरी सूचना प्राप्त गर्न तपाईले एउटा वेबसाइट हेर्नुपर्नेछ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि उक्त वेब सञ्चालनमा ल्याएको हो । ब्राउजरमा गएर अयखष्मज्ञढ।लमचचmब।नयख।लउ लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । वेबमा भएको ताजा विवरणअनुसार आजसम्म सङ्क्रमित आठ जना उपचारकै क्रममा छन् । एक जना उपचारपछि फर्किसकेका छन् । आज हजार १६६ जना क्वारेन्टाइनमा छन् । १३१ व्यक्ति आइसोलेसनमा छन् ।

उक्त वेबसाइटको गृहमन्त्री रामबहादुर थालाले लगइन गरेर सञ्चालनमा आएको घोषणा गर्नुभएको छ । मन्त्री थापाले उक्त सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विश्वले भोगेको महासङ्कटको अवस्थामा नेपालले पनि बेहोर्नुपरिरहेको सन्दर्भमा सञ्चालनमा आएको व्यवस्थित सूचना प्रणालीले विपद्को सामना गर्न मद्दत मिल्ने उहाँले बताउनुभयो ।

उक्त वेबसाइटमा मुलुकका ७५ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्क प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । त्यहाँ मानिस क्वारेन्टाइनमा कति छन् रु कति जनाको स्वाब नमूना लिइएको छ । सङ्क्रमित कति फेला परे, कति जना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् रु भन्ने कुरा जानकारी लिन सकिनेछ ।

यसअघि मानवीयरुपमा विवरण सङ्कलन गर्ने गरिएकामा अब भने सिधै प्रविधिको प्रयोग गरी एकै पटक उक्त वेबसाइटबाट हेर्न सकिनेछ । प्रदेश र जिल्ला तहको अवस्था के कस्तो छ रु भनेरसमेत त्यहीँबाट जानकारी लिन सकिनेछ । जोखिम कुन ठाउँमा बढी छ भन्ने कुरासमेत हेर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वेबसाइट पूर्ण सञ्चालनमा आउँदासम्म वडा तहदेखिकै विवरण राखिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरुपमा उक्त वेबमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको छ ।

क्वारेन्टाइन अनुगमनका लागि ‘कोबड्डी’ एप

मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी ९अयदगममथ० एप्स पनि आजदेखि प्रयोगमा ल्याएको छ । यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका अवस्थामा उक्त एप्सले त्यसको निगरानी गर्नेछ ।

उक्त एप्स जसले पनि प्रयोग गर्न सक्दैन । राज्यको निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । आजदेखि काठमाडौँ, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिँदैछ । एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ । एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि प्रवेशको अनुमति मिल्नेछ । मास क्वारेन्टाइनमा उक्त एप्स प्रयोग गर्दा अझै प्रभावकारी हुनेछ ।

क्वारेन्टाइनमा बसेका मानिस छाडेर अन्यत्र जाँदा अनुहार पहिचान गर्ने प्रविधिको सहयोगले तुरुन्तै प्रहरी वा स्थानीय निकायलाई खबर पुग्छ । आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो या कुनै समस्या भयो भने एप्सबाटै सन्देश पठाउन सकिनेछ । यसले स्थलमार्ग वा हवाईमार्गबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सहयोग गर्नेछ ।

उक्त एकीकृत सूचना प्रणाली ‘आफ्नो नेपाल’ नामक संस्थाको नेतृत्वमा स्मार्ट टेलिकम र प्रो–एमर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरी नेपाल सरकारलाई निःशुल्क सहयोग गरिएको हो । अयदगममथ एप्समा विशेष कोड नम्बर हालेपछि फ्रन्ट क्यामरा खोलेरभित्र प्रवेश गर्न सकिने आफ्नो नेपालका अध्यक्ष समीर पन्थीले जानकारी दिनुभयो ।

उक्त संस्थाले यसअघि माइती नेपाललाई सहयोग गर्ने गरी उपत्यकामा ‘माइती क्याफे’ सञ्चालन गर्दै आएको छ । संस्थाले हराएका महिला खोजीका लागि ‘खोजी एप’ सञ्चालनमा छ । उक्त एकीकृत सूचना प्रणाली नेपालमा भित्र्याउन १० जना प्राविधिकले काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com