ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा सांसद श्रेष्ठको व्यक्तिगत खर्चमा मास्क र पिपिई वितरण


एबीसी न्यूज
चैत्र २२, २०७६ शनिबार  ६ : ०७ बजे

काठमाडौं, २२ चैत  ।  तनहु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले व्यक्तिगत खर्चमा आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तह, सुरक्षा निकायका कार्यालय र पत्रकार महासंघलाई मेडिसिन मास्क, पिपिइ र सेनेटाईजर उपलब्ध गराउनु भएको छ । सांसद श्रेष्ठले विहिबार निर्वाचन क्षेत्रमा गई ति स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।

सांसद श्रेष्ठले देवघाट, आवुँखैरेनी र बन्दिपुर गाउँपालिकालाई १५/१५ सय थान मेडिकल मास्क र ५/५ थान पिपिइ, भानु र व्यास नगरपालिकालाई २/२ हजार थान मास्क तथा भानु नपालाई १० थान पिपिइ र व्यास नपालाई ३ थान पिपिइ प्रदान गर्नु भयो ।

त्यसैगरि उहाँले इलाका प्रहरी कार्यालय आबुखैरेनीलाई दुई सय ५० थान मास्क, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई दुई सय ५० थान मास्क, १ थान पिपिइ र २ लिटर सेनीटाइजर, मनकामना सशस्त्र प्रहरी गण भानुलाई पाँच थान मास्क र ४ लिटर सेनिटाइजर, दमौली अस्पताललाई एक हजार थान मास्क र १० थान पिपिइ, जिल्ला प्रहरी कार्यालयलाई सात सय ५० थान मास्क र २ लिटर सेनीटाइजर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई ५० थान मास्क उपलब्ध गराउनु भएको थियो ।

त्यसैगरि सांसद श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई दुई सय ५० थान मास्क, जिल्ला कारागारलाई दुई सय ५० थान मास्क र १ लिटर सेनीटाइजर तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई दुई सय ५० थान मास्क र दमौलीमा कार्यरत १५ जना पत्रकारकोलागि एन ९५ मास्क उपलब्ध गराउनु भएको थियो । ती सबै सामाग्री आफ्नै व्यक्तिगत खर्चमा खरिद गरेर ल्याएर उपलब्ध गराएको उहाँले बताउनु भयो ।

विपत्तीको बेलामा पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्य चिन्ताले आफुलाई मर्माहत बनाएको भन्दै उहाँले लकडाउनको बाबजुद स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर ल्याई वितरण गर्न आएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

सम्बन्धित

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com