ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा सांसद श्रेष्ठको व्यक्तिगत खर्चमा मास्क र पिपिई वितरण


एबीसी न्यूज

काठमाडौं, २२ चैत  ।  तनहु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले व्यक्तिगत खर्चमा आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तह, सुरक्षा निकायका कार्यालय र पत्रकार महासंघलाई मेडिसिन मास्क, पिपिइ र सेनेटाईजर उपलब्ध गराउनु भएको छ । सांसद श्रेष्ठले विहिबार निर्वाचन क्षेत्रमा गई ति स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।

सांसद श्रेष्ठले देवघाट, आवुँखैरेनी र बन्दिपुर गाउँपालिकालाई १५/१५ सय थान मेडिकल मास्क र ५/५ थान पिपिइ, भानु र व्यास नगरपालिकालाई २/२ हजार थान मास्क तथा भानु नपालाई १० थान पिपिइ र व्यास नपालाई ३ थान पिपिइ प्रदान गर्नु भयो ।

त्यसैगरि उहाँले इलाका प्रहरी कार्यालय आबुखैरेनीलाई दुई सय ५० थान मास्क, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई दुई सय ५० थान मास्क, १ थान पिपिइ र २ लिटर सेनीटाइजर, मनकामना सशस्त्र प्रहरी गण भानुलाई पाँच थान मास्क र ४ लिटर सेनिटाइजर, दमौली अस्पताललाई एक हजार थान मास्क र १० थान पिपिइ, जिल्ला प्रहरी कार्यालयलाई सात सय ५० थान मास्क र २ लिटर सेनीटाइजर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई ५० थान मास्क उपलब्ध गराउनु भएको थियो ।

त्यसैगरि सांसद श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई दुई सय ५० थान मास्क, जिल्ला कारागारलाई दुई सय ५० थान मास्क र १ लिटर सेनीटाइजर तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई दुई सय ५० थान मास्क र दमौलीमा कार्यरत १५ जना पत्रकारकोलागि एन ९५ मास्क उपलब्ध गराउनु भएको थियो । ती सबै सामाग्री आफ्नै व्यक्तिगत खर्चमा खरिद गरेर ल्याएर उपलब्ध गराएको उहाँले बताउनु भयो ।

विपत्तीको बेलामा पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्य चिन्ताले आफुलाई मर्माहत बनाएको भन्दै उहाँले लकडाउनको बाबजुद स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर ल्याई वितरण गर्न आएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com