ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफु विपतमा हुँदापनि सहयोगका लागि आफ्ना डाक्टर विदेश पठाउने देश क्युबा


एबीसी न्यूज

जब बिरामीहरूले अस्पतालका शैया भरिन्छन् तर निको बनाउन सक्ने मान्छे हुँदैनन्, तपाईं कसलाई बोलाउनु हुन्छ ? यो प्रश्न केही दिनअघि इटालीको लोम्बार्डी क्षेत्रका स्वास्थ्यमन्त्री जिउलियो गालेरासामू तेर्सिएको थियो। लोम्बार्डी इटालीमा कोरोना भाइरसको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो।

मिलान शहरभन्दा ५० किलोमिटर टाढा सैनिकहरूले कार पार्किङ गर्ने ठाउँमा ३२ शैयाको अस्थायी अस्पताल बनाउँदै थिए। तर उक्त अस्पतालमा चाहिने डाक्टर कहाँबाट आउँछन् थाहा थिएन।
‘कसैले मलाई भन्यो– क्युबाली स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्नुस् न,’ गालेराले सम्झिए।

एक हप्ता नबित्दै २२ मार्चमा हवानाबाट ५२ जना स्वास्थ्यकर्मी आइपुगे। उनीहरूले हातमा क्युबा र इटालीक झन्डा हल्लाइरहेका थिए। स्थानीयहरूले उनीहरूलाई न्याना लुगा र चढ्न साइकल पनि दिए।

६ दशकदेखि संसारभरि डाक्टर पठाउँदै आएको क्युबाको केन्द्रीय मेडिकल सहयोग इकाइमा अचेल व्यस्तता निकै बढेको छ। अंगोलादेखि अन्डोरासम्मका झन्डै १४ देशले ८०० क्युबाली डाक्टर र नर्सलाई बोलाएका छन्।

ब्युनोस आयर्सदेखि स्पेनको भ्यालेन्सियासम्म नेताहरू र क्यानडा आदिवासी समूहहरूले आफ्नो देशको सरकारलाई क्युबाली डाक्टर बोलाउन दबाब दिइरहेका छन्।

अर्थतन्त्र र जनसंख्याका आधारमा क्युबाले एकदमै ठूलो संख्यामा डाक्टरहरू उत्पादन गर्छ। कुल १ करोड १० जनसंख्या भएको क्युबामा ठूलो अनुपात युवाहरूको छैन तैपनि डाक्टरहरू चाहिनेभन्दा बढी छन्।

केही समयअघि वामपन्थी शासकहरू सत्ताबाट बाहिरिएका ब्राजिल, बोलिभिया, एल साल्भोडो र इक्वेडरबाट बितेका १८ महिनामा ९ हजार क्युबाली डाक्टर र नर्स फर्किएका छन्।

क्युबाको सरकारी समाचारपत्र ग्रामाका अनुसार सन् २०१५ मा ५० हजार क्युबाली डाक्टर र नर्स विदेशमा थिए भने यो वर्ष घटेर २८ हजार पुगेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र मानवीय सहायताका लागि क्युबाले डाक्टरहरूको निर्यात गर्न थालेको हो।

सन् २००६मा आफ्ना दाजु फिडेलबाट राहुल क्यास्ट्रोले सत्ता सम्हालेपछि डाक्टर निर्यात क्युबाली अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।

सन् २००९ देखि क्युबाली डाक्टर आयात गरिरहेको पोर्चुगलले एक जना डाक्टर बराबर वार्षिक ५५ हजार अमेरिकी डलर क्युबालाई बुझाउँछ।

भेनेजुयलाले २० हजार क्युबाली स्वास्थ्यकर्मीको बदलामा क्युबालाई निकै सस्तो मूल्यमा तेल दिइरहेको छ। गत वर्ष क्युबाले सार्वजनिक गरेको तथ्यांकमा क्युबाली डाक्टर निर्यातबाट आउने पैसा कुल निर्यातको ४६ प्रतिशत छ भने कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत देखिन्छ।

यसरी विदेश गएर कमाएको ती डाक्टरहरूले आफैं राख्न भने पाउँदैनन्। कम्युनिष्ट सरकारले स्वास्थ्यकर्मीको तलबको तीन चौथाइ आफूसँग राख्छ। त्यतिगर्दा पनि उनीहरूले देशभित्र कमाउने भन्दा राम्रै पैसा पाउँछन्।

धेरैले बाहिर एकदमै डरलाग्दो अवस्थामा काम गर्नुपर्ने गुनासो गर्छन्।

विदेश गएकाहरू उतै नबसून् भनेर सम्बन्धित देशका क्युबाली नियोगले डाक्टरहरूको पासपोर्ट र उनीहरूको तलबको केही हिस्सा आफैंले राख्छन्।

तर यस्तो नीतिले सधैँ काम गर्दैन। यसरी डाक्टर बाहिर पठाउनुलाई मानव तस्करीको संज्ञा दिने अमेरिकाले थुप्रै क्युबाली डाक्टरलाई पिआएरको अफर गर्ने गर्छ। सन् २००६ देखि २०१७ सम्म झन्डै ७ हजार बढी क्युबाली डाक्टरले त्यो अफर स्वीकारेका छन्। गत मार्च २४ मा अमेरिकी विदेश मन्त्रालयले क्युबाली डाक्टरलाई बोलाएका देशले उनीहरूको दुरूपयोग हुनसक्ने तर्फ सचेत रहन भनेको छ।

इटालीजस्ता देशलाई अहिले डाक्टर चाहिएका छन् भने क्युबालाई पैसा चाहिएको छ। कोरोना भाइरसले क्युबाली अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई नराम्ररी क्षति पुर्‍याएको छ। अब अमेरिकाबाट आउने विप्रेषण पनि घट्नेछ। यो महामारी आउनुभन्दा पहिलादेखि नै क्युबाली अर्थतन्त्र समस्याग्रस्त थियो। उसले आफूले ऋण लिएका देशलाई किस्ता बुझाउन सकेको थिएन। तीमध्ये एउटा ऋणदाता इटाली हो।

अब उसले ऋणको किस्ता तिनै डाक्टरहरूबाट पूर्ति गर्न सक्छ।

क्युबाली डाक्टर मगाइरहेका सबै देशले बदलामा पैसा तिरिरहेका छन् कि छैनन् प्रष्ट भइसकेको छैन। एन्डोराका स्वास्थ्य मन्त्रीले भने आफ्नो देशले पैसा तिरिरहेको बताएका छन्। डाक्टरहरूबाट आउने आम्दानीलाई क्युबाले प्रायस् गोप्य नै राख्छ र धनी मुलुकहरूलाई बढी शुल्क लगाउँछ।

महामारीका बेला विदेशमा डाक्टर पठाउन क्युबाले आफ्नो देशमा लोम्बार्डीको जस्तो महामारी फैलन दिनु हुँदैन। अहिलेसम्म उसले रोकथामलाई नै आफ्नो शक्ति ठानेको छ। त्यसका लागि उसले संक्रमित हुने सक्ने सम्भावित सबैलाई नियमित जाँच गरिरहेको छ। अहिलेसम्म क्युबा २६९ जनामा कोरोनाको संक्रमण देखिएको छ।

देशभित्र संक्रमणको सम्भावना उच्च भएका बेला विदेशमा मेडिकल साहस प्रदर्शन गर्नु वुद्धिमतापूर्ण देखिन्न। तर क्युबाली सरकारलाई यसबाट प्राप्त हुने स्याबासीको लोभ छ र मेडिकल मिसनबाट पाइने अरू फाइदाबारे अरूले पत्तो पाउँदैनन् भन्ने आशा छ।

गत वर्ष प्रसारित भएको चेर्नोविल टेलिभिजन सिरिजमा पण्डितहरूले विकिरणबाट बिरामी परेका बच्चाहरूको उपचारमा क्युबाली डाक्टरले भूमिकाको उच्च प्रशंसा गरेका थिए।

धेरै क्युबालीलाई यसपालि पनि लाम्बोर्डीमा गएका डाक्टरहरू एक दिन कोभिड–१९ का नायकहरूका रूपमा देखिनेछन् भन्ने आशा छ।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com