ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बतको गुडविल फाउन्डेशनबाट नेपाललाई ५० हजार थान मेडिकल मास्क सहयोग


एबीसी न्यूज
चैत्र १९, २०७६ बुधबार  २ : ५९ बजे


काठमाडौं, १९ चैत्र । चीनको तिब्बत स्वायत्त प्रदेशमा रहेको गुड विल फाउन्डेशन नामक संस्थाले नेपाललाई ५० हजार थान मास्क सहयोग गरेको छ ।

गुडविल फाउन्डेसनले आज चीनको गञ्जाओस्थित नेपाली महावाणिज्य दूताबासलाई ५० हजार थान डिस्पोजेवल मेडिकल मास्क हस्तान्तरण गरेको हो । गुडविल फाउन्डेशनका अध्यक्ष मा सिजियानले नेपाली महावाणिज्य दूताबासका उपमहावाणिज्य दूत कुञ्जन साहलाई आज हस्तान्तरण गर्नुभएको हो । गुडविल फाउन्डेशनबाट नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलका नाममा पठाइएका यी सामग्री काठमाडौं आइपुगेपछि नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिनेछ ।

त्यसक्रममा, फाउन्डेशन अध्यक्ष मा ले कोरोना भाइरसको संक्रमणमा विजय प्राप्त गरेको चीनको नागरिकको तर्फबाट आफ्नो सबैभन्दा असल छिमेकी राष्ट्रलाई सहयोग गर्न पाउंदा खुशी भएको बताउनुभयो । मा ले उहाँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुडविल फाउन्डेसन तिब्बतको तर्फबाट भोलिका दिनमा पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाली महावाणिज्य दूतबासका उपमहावाणिज्य दूत कुञ्जन साहले नेपाललाई अति आवश्यक मास्क सहयोग गरेकोमा गुडविल फाउन्डेशनलाई धन्यवाद दिनुभयो । साहले कोरोना भाइरस महामारी विरुद्धको युद्धमा दुवै देश मिलेर अघि बढ्ने बताउनुभयो ।

गुडविल फाउन्डेशनले नेपालका युवालाई स्वरोगजार तालिम प्रदान गर्दै आएको छ भने सरकारी कर्मचारीहरुलाई चिनिया भाषामा कम्प्युटर संचालनको प्रशिक्षण दिंदै आएको छ । फाउन्डेशनले नेपालका सामुदायिक विद्यालयहरुलाई पनि सहयोग गर्दैआएको छ ।


प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

सम्बन्धित

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com