ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा


admin

काठमाडौं, १८ चैत । कोभिड –१९ को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश लकडाउनको समयमा यही चैत १४ र १५ गते चितवनको आँपटारीबाट ट्राफिक प्रहरीले १४ वटा ट्रकसहित १६ गाडी नियन्त्रणमा लियो । एउटा ट्रकसहित तीन गाडी भारतीय नम्बर प्लेटको थियो । उक्त गाडीमा लुकेर गएका ४७४ व्यक्ति कोचिएर यात्रा गरिरहेको अवस्थामा भेटिए ।

ट्रक काठमाडौँमा खाद्यान्न छाडेर फर्किएको थियो । भारतीय गाडी कसरी गयो प्रहरीलाई पनि पत्तो छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गाडीलाई आवश्यक जरिवाना तिराएर जहाँबाट मानिस ल्याएको हो, त्यहीँ फिर्ता गरिएको थियो । चैत १२ गते काठमाडौँबाट चितवन, हेटौँडा हुँदै वीरगञ्ज पुगेको ट्रकलाई पनि ७२ यात्रुसहित प्रहरीले नियन्त्रणमा लियो । यसरी जाने कतिपय मजदुर जबर्जस्ती गाडीमा चढेको पाइए पनि कतिपयले भने अनुचित लाभमा मजदुर जाने गरेको देखिएको प्रहरीले जनाएको छ । खाद्यान्नलगायत सामग्री लिएर आएका गाडी फर्किंदा यसरी मानिस बोक्न प्रयोग भएका देखिएको छ । अत्यावश्यक कामका लागि हिँडेका गाडीले आफ्नो प्रयोजनको दुरुपयोग गरेको आशङ्कामा प्रहरीले अहिले कडाइ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउनुहुन्छ । केही घटना देखिएपछि प्रहरीले टोली खटाएर अनुगमन थालेको बोगटीले बताउनुभयो ।

उपत्यकाबाट बाहिरिने नाकामा विशेषगरी साँझ र रातिको समयमा यो क्रम अहिले पनि जारी छ । मालबाहक सवारीमा लुकिछिपी यात्रा बढ्दो छ । यस्ता सवारी रातारात गन्तव्यमा पुग्ने गरेका छन् । प्रहरीको फितलोपन देखिएको गुनासो बढेको छ । काठमाडौँको बल्खुमा गएराति पनि मानिसको बाक्लो भीडभाड थियो । महानगरीय प्रहरी वृत्त बल्खुका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद चौधरी तरकारी बोक्ने गाडीले मान्छे बोकेको घटना देखिएकाले बल्खु नाकालाई कडाइका साथ अनुगमन गरिएको बताउनुहुन्छ । प्रहरीको आँखा छलेर जाने क्रम भने रोकिएको छैन । अलि पर हिँडेर जाने अनि गाडी चढ्ने क्रम देखिँदै आएको छ । मजदुरले भने काठमाडौँमा बस्नसक्ने अवस्था नभएकाले आफ्नो घर फर्किएको दुःखेसो गरेका छन् । कतिपय उद्योग व्यवसाय सञ्चालकले आफ्ना मजदुरलाई पालेर राखिराख्न नसक्ने भएकाले पनि पठाउने गरेको सूचना प्रहरीमा आइपुगेको छ ।

कतिपय मजदुर भने जबर्जस्ती जाने गरेका छन् । गाडी फर्कन लागेको देख्ने बित्तिकै सडकमा रहेका मजदुरहरु दगुरेर चढ्न गरेका छन् । “खाने अन्न छैन, यहाँ मरे पनि मर्ने हो, घरमा मरे पनि मर्ने हो, सबै परिवार घरमा छन्, हामी जान्छम्, हामीलाई नरोक्नु सर” रौतहट जान लाग्नुभएका एक मजदुरले आफ्नो पीडा सुनाउनुभयो ।जिल्लाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक भट्ट जबर्जस्ती ट्रकमा चढेपछि बाध्य भएर मजदुर बोकेर ल्याउनु परेको चालकले बताएको राससलाई जानकारी दिनुभयो । कतिपय मजदुर अहिले पनि अलपत्र अवस्थामा छन् । काम नपाएकाले उपत्यकामा दैनिक जोहो गर्न सक्ने अवस्था छैन ।

सरकारले समस्यामा परेका मजदुरलाई आवश्यक राहत दिने घोषणा गरिसकेको छ । त्यसको लगत सङ्कलनलगायत काम ढिलाइका कारण तत्कालै सहयोगमा विलम्ब हुने देखिएको छ । त्यसैले मजदुरहरु हतारिएर रातारात उपत्यका छाड्ने क्रम बढेको हो । एक सातापछि ‘लक डाउन’ खुल्ने आशा गरिएकामा अर्को साता थपिएपछि झन मारमा परेको मजदुरले गुनासो गरेका छन् ।खाद्यान्न अभावमा निम्तिने आपराधिक घटनालाई ध्यान दिँदैै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत अभियान नै थालेको छ । कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेलले बताउनुभयो, “समस्या भए कार्यालयमा सम्पर्क गर्नुुहोस्, हामी राहत लिएर आउँछौँ ।”

सरकारले यही चैत ११ गतेदेखि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गरेको थियो । उक्त आदेशको समय आज बिहान ६ बजेदेखि सकिएपछि चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएकाले सरकारले उक्त आदेश जारी गरेको हो ।

चीनको वहानबाट शुरु भएको उक्त रोगका कारण विश्वका अधिकांश मुलुक प्रभावित भएका छन् । सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सामाजिक दूरी कायम गरी भीडभाड रोक्न सरकारले आवश्यक सावधानीका उपाय अपनाउँदै आएको छ । नेपालमा कोभिड–१९ का पाँच बिरामी फेला परेका छन् । सबै विदेशबाट फर्किएर आएका नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com