ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक बर्षसम्म ब्याज मिनाहा गर्न वायु सेवा सञ्चालकको माग, अप्रिल १ बाट हेलिकोप्टर ग्राउन्डेड


admin
चैत्र ७, २०७६ शुक्रबार   २ : ५४   बजे

काठमाडौं, ७ चैत । वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेका छन् ।

वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण दीर्घकालीन ऋणको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगन गरी पुनःतालिकीकरण गर्ने व्यवस्था गर्न र विदेशी मुद्रामा लिइएका ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै नेपालको हवाई उड्डयन क्षेत्रमा नकारात्मक असर परेको भन्दै वायुसेवा सञ्चालक कम्पनीले राहत प्याकेज घोषणा गर्न सरकार समक्ष माग गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो । सङ्कटको अवस्थामा आवश्यक सञ्चालन खर्च धान्नकै लागि वायुसेवा कम्पनीलाई बैंकले आपसी सहमतिमा सहुलियत ऋण जारी गरिनुपर्ने, माथि उल्लेखित ऋण पुनःतालिकीकरण सम्बन्धमा वायुसेवा कम्पनी सञ्चालकको उद्देश्यअन्तर्गत प्रदान गरिएको सबै किसिमको ऋणमा लागू हुनुपर्ने माग गरिएको छ ।

कोरोना भाइरसका कारण क्षति पुगेका वायुसेवा उद्योग पुनःजीवित हुन धेरै समय लाग्ने भएकाले सरकारबाट प्रोत्साहनस्वरुप करछुट, व्याजमा सहुलियत, ल्याण्डिङ, पार्किङ, राति विसान दस्तुर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुर आदिमा छुट प्रदान गर्न सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको छ । साथै सङ्घले सबै हेलिकप्टर कम्पनीले पूर्वप्रतिबद्धता गरेका उडानबाहेक हेलिकप्टर आउँदो अप्रिल, १, २०२० देखि उडान नभएका कारण भूमिस्थ ग्राउण्डेड गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group