ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड १९ : राज्यव्यवस्था समिति बैठक स्थगित


admin

काठमाडौं, ६ चैत । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ ।

कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णयानुसार २५ जनाभन्दा बढी भेला हुन नहुनेमा सहभागी सङ्ख्या बढी भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि आजको बैठक केहीबेर चलेर स्थगन गरिएको हो ।

समितिले बुधबार गरेको निर्णय नं ३ मा अत्यावश्यक काम बाहेक आवातजावत हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु नगर्न र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने र उक्त विषयको अनुगमन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने उल्लेख छ ।बैठकको शुभारम्भमै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको उच्चस्तरीय समन्वय समितिले समेत रोगको रोकथामका लागि भनेर भेला हुन रोक लगाएको अवस्थामा बैठक बसिरहनुको औचित्य नहुने बताउनु भएको थियो । समितिका सभापति शशी श्रेष्ठले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्व निर्धारित कार्यक्रम भएको र संसद् स्थगित नभएको अवस्था रहेको भन्दै बैठक सञ्चालन गर्नुभएको थियो ।

त्यसपछि उक्त विधेकमाथि संसोधन प्रस्ताव प्रस्तुत गर्ने नेपाली काँग्रेसका सांसद पुष्पा भुषाल र नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद विन्दा पाण्डेले संशोधन प्रस्ताव राख्नुको कारणबारे समितिमा जानकारी गराउनुभएको थियो । उहाँहरुले गम्भीर प्रकृतिको विधेयक भएकाले विधेयकको हरेक दफाको छलफल गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिको बैठकमा ४० जना भन्दा बढी भएपछि फेरि जरुरीको विषय भन्दै सांसद बडूले बैठक सञ्चालन गरिरहँदा सरकारको निर्णय विरुद्ध हुने भन्दै पुनः समितिको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँको भनाइमा अन्य केही सांसदहरुले समर्थन जनाउनुभएको थियो । त्यसलगत्तै समितिका सभापति श्रेष्ठले बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो ।

उक्त विधेयक विसं २०७६ वैशाख ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसमामा दफावार छलफलका लागि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com