ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि


admin
चैत्र ६, २०७६ बिहीबार   १२ : ४५   बजे

काठमाडौं, ६ चैत । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो ।

बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पतालका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताउनुभयो । “चीनबाट फर्किएका व्यक्ति भएकाले उनीमाथि सामान्य शङ्का हुनु स्वभाविक हो”, उहाँले भन्नुभयो, “तर उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य ज्वरोसमेत छैन, उनीमाथि कुनै शङ्का मान्नु पर्दैन ।”दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन १४ गते नेपाल फर्किएका थिए । अध्ययनका क्रममा चीनको सान्यासिटीमा बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली उनको गाउँ पुगेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरउपप्रमुख विणादेवी राई, प्रहरी नायब उपरीक्षक वामदेव गौतम, स्वास्थ्यकर्मीलगायतको टोलीले पीडित परिवारलाई भेटेका छन् ।भेटघाटका क्रममा बिरामी भनिएका व्यक्तिका आफन्तले अनावश्यक हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । स्वास्थ्य परीक्षणका लागि जिल्लामा आवश्यक उपकरण नभएकाले काठमाडौँबाट झिकाउनुपर्दा ढिला भएको नगरप्रमुख रिजालले बताउनुभयो ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेकामा फैलिएको हल्ला दिक्तेल बजारमा समेत पुगेपछि गत चैत २ गते जिल्ला प्रशासन कार्यालयले सर्वदलीय भेलासमेत राखेको थियो । सर्वदलीय÷सर्वपक्षीय भेलालगत्तै जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वतयारीसमेत थालिएको छ । कोरोना भाइरस ९कोभिड–१९०को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पतालमा आइसोलेसन वार्ड ९छुट्टै उपचारकक्ष० समेत स्थापना गरिएको छ । कोरोनाका शङ्कास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्न अस्पतालले तीन श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group