ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कब्जा गरिएका सरकारी जग्गाको सीधै उजूरी दिने व्यवस्था गरेका छौँ– मन्त्री अर्याल


admin

काठमाडौं, ४  चैत । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रविधिको प्रयोग गरेर पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर उहाँले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या तथा भूमिसम्बन्धी अन्य विविध समस्या सधैँका लागि निराकरण गर्ने गरी अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो,“हामीले पहिलोपटक भूउपयोग नीति बनाएका छौँ । पहिलोपटक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून बनाएका छौँ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत वर्षौदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सधैँका लागि समाधान गर्न आयोग गठन गर्ने र सो कार्य सञ्चालन गर्न आयोगको गठन आदेशको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पेश भई स्वीकृत हुने क्रममा छ ।”

सुकुम्बासीका समस्या समाधान गर्न मुलुकभर भूमि नभएकालाई प्राथमिकता दिएर सम्बोधन गरिने बताउँदै उहाँले त्यसपछि अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने जानकारी दिनुभयो । बैठकमा सांसदले राखेका जिज्ञासाका सम्बन्धमा मन्त्री अर्यालले सरकार अब सङ्कल्पसहित सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको र यसमा सबैको सहयोग आवश्यकता रहेको अपेक्षा गर्नुभयो । उहाँले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न जाँचबुझ आयोग गठन गरिएको पनि अवगत गराउनुभयो ।

मन्त्रालयबाट अध्ययन गरेर सीधै मालपोत कार्यालयमार्फत पनि अतिक्रमण भएका जग्गाको दर्ता बदर गर्ने गरिएको उहाँले बताउनुभयो । हालसम्म तराईमा २८४ बिघा र पहाडमा ९६ रोपनी जग्गा दर्ता बदर गरिएको जानकारी गराउँदै मन्त्री अर्यालले भन्नुभयो,“कब्जा गरिएका सरकारी जग्गाका सम्बन्धमा आयोग र मन्त्रालयमा सीधै उजूरी दिने व्यवस्था गरेका छौँ ।” नदी किनारका जोखिमका बस्तीको अर्को स्थानमा फरक ढङ्गले व्यवस्थापन गरिने बताउँदै उहाँले २०१६ सालमै बिर्ता उन्मूलन भए पनि यससँग जोडिएको जग्गाको समस्या विकराल रहेको उल्लेख गर्नुभयो । त्यस्ता किसानको समस्याको समाधान गरिने उहाँले बताउनुभयो । मन्त्री अर्यालले प्रविधिको प्रयोग गरेर मालपोत कार्यालयलाई आधुनिकीकरण र जनताका लागि सहज बनाइएकोसमेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com