ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच छैन– सभामुख भण्डारी


admin

काठमाडौं, ४  चैत । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले सो कुरा बताउनुभएको हो । सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, सचिवद्वय शितलप्रसाद महतो र रामप्रसाद दाहाल सहभागी हुनुहुन्थ्यो ।

सञ्चार सम्बन्धमा बन्ने कानूनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले भएको सो भेटमा सभामुख भण्डारीले यस प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने विश्वास दिलाउनुभयो । उहाँले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको प्रष्ट पार्नुभयो । सभामुख भण्डारीले संसद् व्यवस्थित रुपमा सञ्चालन भइरहेको र प्रदेश नं–१ को राजधानी विराटनगर कायम भइसकेको जानकारी दिँदै सम्भवतः चालु अधिवेशनबाटै प्रदेशको नामकरण हुने प्रस्ताव संसद्मा पेश हुने विश्वास दिलाउनुभयो

उपाध्यक्ष पोखरेलले राजनीतिक दलहरुले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रसँग सम्बन्धित रहेर कानून निर्माण गर्न सकेमा आमजनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । सचिव महतोले प्रदेश नं १ मा सञ्चारसम्बन्धमा बन्ने कानून अरु प्रदेशको लागि प्रेरणा बन्न सकोस् भन्नुभयो । अर्का सचिव दाहालले प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने कानून सञ्चारमैत्री हुनुपर्ने भन्दै सरकारले कानून निर्माण गर्दा अन्तरराष्ट्रिय सन्धि, सम्झौता, संविधानमा भएको प्रावधान र अधिकार उपभोगमा सङ्कुचन नहुनेतर्फ केन्द्रित रहनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com