ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच छैन– सभामुख भण्डारी


admin
चैत्र ४, २०७६ मंगलबार   ३ : ४५   बजे

काठमाडौं, ४  चैत । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले सो कुरा बताउनुभएको हो । सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, सचिवद्वय शितलप्रसाद महतो र रामप्रसाद दाहाल सहभागी हुनुहुन्थ्यो ।

सञ्चार सम्बन्धमा बन्ने कानूनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले भएको सो भेटमा सभामुख भण्डारीले यस प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने विश्वास दिलाउनुभयो । उहाँले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको प्रष्ट पार्नुभयो । सभामुख भण्डारीले संसद् व्यवस्थित रुपमा सञ्चालन भइरहेको र प्रदेश नं–१ को राजधानी विराटनगर कायम भइसकेको जानकारी दिँदै सम्भवतः चालु अधिवेशनबाटै प्रदेशको नामकरण हुने प्रस्ताव संसद्मा पेश हुने विश्वास दिलाउनुभयो

उपाध्यक्ष पोखरेलले राजनीतिक दलहरुले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रसँग सम्बन्धित रहेर कानून निर्माण गर्न सकेमा आमजनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । सचिव महतोले प्रदेश नं १ मा सञ्चारसम्बन्धमा बन्ने कानून अरु प्रदेशको लागि प्रेरणा बन्न सकोस् भन्नुभयो । अर्का सचिव दाहालले प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने कानून सञ्चारमैत्री हुनुपर्ने भन्दै सरकारले कानून निर्माण गर्दा अन्तरराष्ट्रिय सन्धि, सम्झौता, संविधानमा भएको प्रावधान र अधिकार उपभोगमा सङ्कुचन नहुनेतर्फ केन्द्रित रहनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group