ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन– मुख्यमन्त्री राउत


admin
फाल्गुन २२, २०७६ बिहीबार  ३ : ५७ बजे

काठमाडौं, २२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आज मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताउनुभयो । “बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो निक्र्यौलमा पु¥याऔँ ।”परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने तर्क उहाँले गर्नुभयो । मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्नुभयो ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com