
बझाङ,८ फागुन । जिप दुर्घटना हुँदा उपाध्यक्ष सहित ९ जना घाइते भएका छन् ।
बझाङको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा खप्तडछान्ना गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापा सहित ९ जना घाईते भएका छन् ।
०१००१ ज १२२० नम्बरको जीप दुर्घटनामा घाईते भएका मद्ये नरेन्द्र उपाध्याय र सुमन विक गम्भीर घाइते भएको प्रहरी चौकी छान्नाका ईन्चार्ज भुवन सिंह बोहराले बताउनुभयो ।
उहांले अन्यको अवस्था सामान्य रहेको बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको बताइएको छ । घाइते सबै जनाको उपचारका लागि जिल्ला अस्पताल पठाइएको खप्तड छान्ना गाउँपालिकाका प्रबत्ता राम बहादुर सिंहले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्