महराले सफाइ पाएको पत्र संसदमा, बैठकमा सहभागी हुन पाउने



काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा बैठकमा निवर्तमान सभामुख कृष्णबहादुर महरा सहभागी हुने बाटो खुलेको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि असोजमा १९ पक्राउ परेका महराले १४ असोजमा राजीनामा दिएका दिनुभएको थियो । डिल्लीबजार कारागारबाट सोमबार उनी छुटेका थिए । काठमाडौं जिल्ला अदालतले महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाए लगत्तै डिल्लीबजार कारागारबाट सोमबार उहां छुट्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको मंगलबार जिल्ला अदालतको पत्र वाचन गर्दै संसद बैठकलाई जानकारी गराउनुभएको हो । यो सँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो समेत खुलेको हो ।

अब सांसदको हैसियतमा प्राप्त गर्दै उहांले आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नृ्ुहुने छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All