ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यमन्त्री दुगडबाट कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न आग्रह


admin
फाल्गुन ६, २०७६ मंगलबार   १ : १९   बजे

काठमाडौं, ६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स ९युएइ० का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी अक्टोबर २० ९विसं २०७७ कात्तिक ४०देखि करीब छ महिनासम्म आयोजना हुने एक्सपो २०२० को तयारीका सिलसिलामा गत शनिबार युएइ जानुभएको हो । सो मेलाको नारा ‘मनहरु जोड्दैः भविष्य सिर्जना गर्दै’ भन्ने रहने छ ।

उहाँहरुबीचको भेटमा द्विपक्षीय सम्बन्धका साथै दुई मुलुकले जलविद्युत् नवीकरण र ऊर्जा तथा पर्यटन क्षेत्रका विकासमा लगानी गर्न सक्ने विषयमा छलफल भएको थियो । राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, ऊर्जालगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएइ सरकारलाई नेपालमा लगानीका लागि आह्वान पनि गर्नुभयो । सो अवसरमा युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका पदाधिकारीको समेत उपस्थिति थियो ।यसअघि सन् २०१५ मा मिलान, २०१७ मा नुर–सुल्तान र २०१९ मा बेजिङ भएको त्यस्तै एक्सो २०२३ मा ब्युनस आयर्स र २०२५ मा ओसाकामा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group