ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो


admin

खोटाङ, ८ मंसिर।  जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल सञ्चालनमा आएको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो पुल आज बिहानबाट सञ्चालनमा ल्याइएको हो ।

सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ ।

यातायात सेवा सञ्चालन भएको दश वर्षपछि प्रमुख नाका दूधकोसीस्थित जयरामघाटको पक्की पुल सञ्चालनले खोटांगे जनतामा ठूलो आशा जगाएको छ ।

करिब दश करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको पक्की पुल बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

“खोटाङ्गे जनताको लामो पर्खाइपछि पुल सञ्चालनमा आएको छ ।” उहाँले भन्नुभयो, “अहिले निर्वाचन आचारसंहिता लागू भएको छ । औपचारिक उद्घाटन गर्दा आचारसंहिताले नदिने भएकाले उद्घाटन नगरी सञ्चालन गरिएको हो ।”

जयरामघाटको पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला भएको पूर्व सांसद तथा नेकपा (एमाले)का नेता पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “पुल अभावमा लामो समयदेखि जिल्लाको हरेक विकास÷निर्माणमा बाधा पुगेको थियो,” उहाँले भन्नुभयो, “ठूलो कसरतपछि पुल सञ्चालनमा ल्याउन सफल भएका छौं, अव तीे सबै समस्या समाधान भएर जिल्ला समृद्धिको बाटोतर्फ अगाडि बढेको छ ।”

दूधकोसीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको हुलास इञ्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले लिएको थियो । २०६८ साल असारसम्ममा सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष सम्झौता गरेको थियो ।

करिब १५० मिटर लामो मोटरेवल पक्की पुल नेपालकै नमूना भएको र निर्माणमा पनि ढिला भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले बताउनुभयो । “पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुप¥यो” उहाँले भन्नुभयो, “सबै कुरामा बाहिरी देश चिनकै सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो ।”

जयराम पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटमा पुल सञ्चालन भएपछि राजधानी काठमाडौंँलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

२०६४ मा हेलिकोप्टरमार्फत बोकेर ल्याइएको बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा ल्याएको थियो । यसरी पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com