ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारमा जोड– मुख्यमन्त्री पोखरेल


admin
फाल्गुन ५, २०७६ सोमबार  ४ : २५ बजे

काठमाडौं, ५ फागुन । प्रदेश नंं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको सोमबार शिलान्यास गर्दै उहाँले भन्नुभयो, “बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुपर्दछ ।”मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गर्दै प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । “स्थानीयवासीको प्रत्यक्ष सहभागिता भएमात्र वनस्पति उद्यानको योजनाले पूर्णता पाउनेछ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ । राज निर्माण सेवा नेपालगञ्जसँग रु एक करोड ६ लाख आठ हजार २९१ मा २०७६ पुस २४ गते सम्झौता भई २०७७ साल असार २५ गतेसम्म निर्माणसम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताउनुभयो ।

बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यानका बनाउनका लागि बैजनाथलाई छनोट गरेकामा प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com