ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको उपलब्धि देखाउन प्रदेश एक्स्पो


sharan sharan
फाल्गुन ५, २०७६ सोमबार  ८ : २३ बजे

बुटवल, ५ फागुन ।
प्रदेश नम्बर ५ सरकारले आफ्नो २ वर्षे गतिबिधीलाई एक्स्पो गरेर जानकारी दिने भएको छ । सरकारको स्थापनादेखि हालसम्मका काम कारवाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिने उद्देश्यले सरकारले प्रदेश एक्स्पो को आयोजना गर्न लागेको बताईएको छ ।
‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य राखेको प्रदेश ५ सरकारले सरकारको उपलब्धीको जानकारी लिन र त्यस प्रति जनताको प्रतिक्रीया बुझ्न एक्स्पो गर्न लागेको प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो । दाङको बेलझुण्डीमा यही फागुन १० देखि १२ गतेसम्म हुने एक्स्पोको तयारी द्रुतगतिमा भै रहेको मन्त्री केसीले बताउनु भयो ।
प्रदेश एक्स्पोलाई भव्यरुपमा सम्पन्न गर्न प्रदेश नं ५ का आन्तरिक मामिल तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी आवश्यक तयारी अघि बढाएको बताइएको छ । महोत्सवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ५ बाट दुई वर्षको अवधिमा गरेका कामको जानकारी गराईने सचिवालयले जनाएको छ ।
एक्स्पोको सचिवालयका अनुसार मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको जानकारी गराउनुका साथै प्रदेश समन्वय परिषद्का गतिविधिबारे जानकारी दिईने छ । महोत्सवमा सर्वसाधारणका लागि सुझाव पेटिकाको ब्यवस्था गर्दै सोही अवसरमा प्रदेश सरकारले तयार पारेका पुस्तिका तथा पर्चा वितरण गर्ने कार्यक्रम राखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पनि प्रदेशअन्तर्गतका स्थानीय तहका अधिकारीका लागि वित्तीय व्यवस्थापनको परामर्श तथा तालिम सञ्चालन गर्ने, लगानी सम्मेलनको तयारीबारे जानकारी गराउने लगायतका कार्यक्रमहरु एक्स्पोकै बिचमा हुनेछन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचनासम्बधी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिँचाइ नवीकरणीय ऊर्जासम्बधी प्रदर्शनी गर्ने, झुलुङ्गे पुल तथा सडक पुलका नमूना र खानेपानीको गुणस्तर परीक्षणका विधि पनि सो प्रदर्शनीमा देखाइनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश नं ५ को कलासंस्कृति झल्किने नृत्य, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने, भ्रमण वर्ष २०२० को जानकारी तथा प्रचारप्रसार गर्ने, स्थानीय घरेलु तथा व्यावसायिक उत्पादनका सामग्री प्रदर्शन गर्ने छ ।
कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रदेशसभामा गरिएका कार्यक्रमको प्रस्तुति, नमूना सांसदको अभ्यास तथा प्रदेशसभाको वृत्तचित्र प्रस्तुत गर्ने, विधेयक र स्मारिका वितरण गर्नेलगायतका कार्यक्रम प्रदर्शनीका क्रममा सञ्चालन गरिने आन्तरिक ममीला तथा कानुन मन्त्रालयका उपसचिव हरिहर पोखरेलले जानकारी दिनुभयो।
प्रदेश नं ५ भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण प्रदेशका रुपमा रहेको छ । प्रदेश सरकारले ५ नम्बर प्रदेशलाई मिनी नेपालको संज्ञा समेत दिंदै आएको छ । सुस्ता पश्चिमदेखि रुकुमको पूर्वी भागसम्म ५ नम्बर प्रदेशको सिमाना फैलिएको छ । प्रदेश उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा पाल्पाको रामपुरदेखि पश्चिममा र बर्दियाको राजपुरसम्म फैलिएको छ । प्रदेश ५ मा चार वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका स्थानीय सरकारकारुपमा कार्यरत छन् । प्रदेशले २२ हजार २८८ वर्गकिलोमिटर भू–भाग ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com