ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको उपलब्धि देखाउन प्रदेश एक्स्पो


sharan sharan

बुटवल, ५ फागुन ।
प्रदेश नम्बर ५ सरकारले आफ्नो २ वर्षे गतिबिधीलाई एक्स्पो गरेर जानकारी दिने भएको छ । सरकारको स्थापनादेखि हालसम्मका काम कारवाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिने उद्देश्यले सरकारले प्रदेश एक्स्पो को आयोजना गर्न लागेको बताईएको छ ।
‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य राखेको प्रदेश ५ सरकारले सरकारको उपलब्धीको जानकारी लिन र त्यस प्रति जनताको प्रतिक्रीया बुझ्न एक्स्पो गर्न लागेको प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो । दाङको बेलझुण्डीमा यही फागुन १० देखि १२ गतेसम्म हुने एक्स्पोको तयारी द्रुतगतिमा भै रहेको मन्त्री केसीले बताउनु भयो ।
प्रदेश एक्स्पोलाई भव्यरुपमा सम्पन्न गर्न प्रदेश नं ५ का आन्तरिक मामिल तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी आवश्यक तयारी अघि बढाएको बताइएको छ । महोत्सवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ५ बाट दुई वर्षको अवधिमा गरेका कामको जानकारी गराईने सचिवालयले जनाएको छ ।
एक्स्पोको सचिवालयका अनुसार मुख्यमन्त्रीको कार्यालयबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको जानकारी गराउनुका साथै प्रदेश समन्वय परिषद्का गतिविधिबारे जानकारी दिईने छ । महोत्सवमा सर्वसाधारणका लागि सुझाव पेटिकाको ब्यवस्था गर्दै सोही अवसरमा प्रदेश सरकारले तयार पारेका पुस्तिका तथा पर्चा वितरण गर्ने कार्यक्रम राखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पनि प्रदेशअन्तर्गतका स्थानीय तहका अधिकारीका लागि वित्तीय व्यवस्थापनको परामर्श तथा तालिम सञ्चालन गर्ने, लगानी सम्मेलनको तयारीबारे जानकारी गराउने लगायतका कार्यक्रमहरु एक्स्पोकै बिचमा हुनेछन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचनासम्बधी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिँचाइ नवीकरणीय ऊर्जासम्बधी प्रदर्शनी गर्ने, झुलुङ्गे पुल तथा सडक पुलका नमूना र खानेपानीको गुणस्तर परीक्षणका विधि पनि सो प्रदर्शनीमा देखाइनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश नं ५ को कलासंस्कृति झल्किने नृत्य, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने, भ्रमण वर्ष २०२० को जानकारी तथा प्रचारप्रसार गर्ने, स्थानीय घरेलु तथा व्यावसायिक उत्पादनका सामग्री प्रदर्शन गर्ने छ ।
कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रदेशसभामा गरिएका कार्यक्रमको प्रस्तुति, नमूना सांसदको अभ्यास तथा प्रदेशसभाको वृत्तचित्र प्रस्तुत गर्ने, विधेयक र स्मारिका वितरण गर्नेलगायतका कार्यक्रम प्रदर्शनीका क्रममा सञ्चालन गरिने आन्तरिक ममीला तथा कानुन मन्त्रालयका उपसचिव हरिहर पोखरेलले जानकारी दिनुभयो।
प्रदेश नं ५ भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण प्रदेशका रुपमा रहेको छ । प्रदेश सरकारले ५ नम्बर प्रदेशलाई मिनी नेपालको संज्ञा समेत दिंदै आएको छ । सुस्ता पश्चिमदेखि रुकुमको पूर्वी भागसम्म ५ नम्बर प्रदेशको सिमाना फैलिएको छ । प्रदेश उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा पाल्पाको रामपुरदेखि पश्चिममा र बर्दियाको राजपुरसम्म फैलिएको छ । प्रदेश ५ मा चार वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका स्थानीय सरकारकारुपमा कार्यरत छन् । प्रदेशले २२ हजार २८८ वर्गकिलोमिटर भू–भाग ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com