ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखको औपचारीक कार्यक्रम : न राष्ट्रगान न सहिदको स्मरण


sharan sharan

बुटवल, ४ फागुन ।

प्रदेश स्थापनाको दोस्रो वर्षका अवसरमा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले भब्य रात्री भोज दिए पनि रात्रीभोजका लागि आयोजना गरिएको औपचारीक कार्यक्रममा सहिद सम्झेर मौनधारण नगरिनु र राष्ट्रिय गान समेत नबजाउनुलाई अर्थपुर्ण तरिकाले बुझिएको छ ।
सामान्यतया राष्ट्रपति,संबैधानीक निकायका प्रमुखहरु वा सरकारी उच्चओहोदाका पदाधिकारीबाट आयोना गरिने कार्यक्रमहरुमा राष्ट्रिय गान बजाएर कार्यक्रमको प्रारम्भ गरिने गरिएपनि शनिबार बुटवलमा आयोजना भएको रात्रीभोज समारोहमा राष्ट्रिय गान पनि बजेन, सहिद प्रति श्रद्धान्जली पनि प्रकट भएन ।
सांझ ६ : ३० बजेका लागि आमन्त्रण गरिएको रात्रीभोजमा मुख्यमन्त्री शंकर पोखरेल कार्यक्रमस्थल पुगे लगत्तै कार्यक्रम सुरुभयो । सिधै पुस्तक बिमोजनबाट सुरु भएको कार्यक्रममा प्रदेश प्रमुख यादवले सगत सहित शुभकामना मन्तब्य दिए र रात्री भोज सुरुभयो ।
प्रदेश प्रमुखको कार्यक्रममा सहिद नसम्झनु र राष्ट्र नसम्झनु कमजोरी भएको बताउंछन् अनलाईन खबरका बुटवल सम्बाददाता कपिल ज्ञवाली ।
पुस्तक बिमोचन सहित औपचारीक कार्यक्रम गरेपछि राष्ट्रगान नबजेकोमा कमजोरी भएको नेपाल कम्युनिष्टपार्टी नेकपाका प्रदेश सभा सदस्य भोप्रसाद श्रेष्ठ बताउंछन् । रात्रीकालीन भोजमा श्रद्धान्जली र राष्ट्रगान नबजाउने प्रचलन रहेपनि औपचारीकता दिईसकेपछि नबजाउनु रामैो नभएको उनको भनाई छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका सभासद बैजनाथ कलवार पनि राष्ट्रगान नबजेकोमा कार्यक्रम नै खल्लो लागेको बताउंछन् । जसकाकारणले प्रदेश पायौं, उनै सहिद नसम्झनु गलत भएको कलवारको भनाई छ ।
प्रदेशप्रमुखको कार्यालयले आयोजना गरेको औपचारीक कार्यक्रममा सहिद नसम्झनु र राष्ट्रगान नबज्नुमा कार्यालयको कमजोरी हो वा अरु केहि नियत हो । प्रदेश सरकारले खोजीनीती गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com