काठमाडौं, १९ माघ । केन्द्रीय कमिटी बैठकले सचिवालय सदस्य कमरेड वामदेव गौतमलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।
आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बन्नुभएको हो । यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो। केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय कमिटीबाट संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्