ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डो प्यासेफिक र एमसीसीको सम्बन्धबारे वासिंटन डिसीबाट अमेरिकी उच्च अधिकारीहरुले पारे स्पष्ट


abc news
माघ १७, २०७६ शुक्रबार  १० : ४१ बजे

– किशोर पन्थी

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र इन्डो प्यासेफिक भिजनबीच कुनै प्रचार गरिएकोजस्तो सम्बन्ध नभएको अमेरिकी विदेशमन्त्रालयका एक उच्च अधिकारीले स्पष्ट पारेका छन् । अमेरिकी विदेश मन्त्रालयको साउथ एण्ड सेन्ट्रल अफेयर्सका लागि पब्लिक डिप्लोमेसी ब्यूरोका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जोनादन हेनिकले एमसीसी र इन्डो प्यासेफिकलाई भ्रमित पार्न केही कन्फ्युजनहरु श्रृजना भएको बताएका छन् ।

वासिंटन डिसीमा इन्डो प्यासेफिकबारे स्पष्ट पार्न आयोजित कार्यक्रममा एबीसी टेलिभिजनका अमेरिका ब्यूरो प्रमुख किशोर पन्थीको प्रश्नको जवाफ दिदै उनले भनेका छन् – ‘मिलेनियम च्यालेन्ज कर्पोरेशनले सन् २०१२ देखि नेपालमा काम गर्दैछ। हामीले प्रस्तुत गरेको इन्डो प्यासेफिक भिजन सन् २०१७ मा मात्र कल्पना गरिएको थियो र घोषणा गरिएको थियो। म यो कुरा पनि दोहोर्याउन चाहन्छु किनभने मलाई लाग्छ केही कन्फयुजनहरु सृजना भएका छन् जसले यी दुई विशेष मुद्दाहरूलाई भ्रमित गर्दैछ ।’

उनले भने – ‘हामीले नेपाल सरकारसँग धेरै बर्षदेखि कुराकानी गर्दै आएको ५ सय मिलियन डलरको एमसीसी कम्प्याक्टमा भाग लिनको लागि नेपालले इन्डो प्यासेफिकका कुनै कुराको लागि सामेल हुन वा साइन अप गर्न आवश्यक छैन। त्यसैले एमसीसी र इन्डो प्यासेफिकबीच त्यस्तो प्रकारको सम्बन्ध छैन जुन तपाईले संकेत गरिरहनु भएको छ।’

इन्डो प्यासेफिक भिजन इन्डो प्यासेफिक क्षेत्रका लागि समावेशी दर्शन भएको बताउँदै उनले भनेका छन् – ‘हामी विश्वास गर्दछौं कि क्षेत्रका लागि हाम्रो दृष्टिकोणलाई आधार बनाउने खुलापन, पारदर्शिता, सुशासनका मूल्य मान्यताका सन्दर्भमा हामी हामी नेपालसहित यस क्षेत्रका धेरै, धेरै साझेदारहरूसँग साझा गर्दछौं। हामीलाई आवश्यक छैन कि प्रत्येक एकल देशले हामीले वर्णन गरेको दर्शनको प्रत्येक एकल तत्वमा ठीक उस्तै मान वा प्राथमिकता संलग्न हुनुहोस् ।’

‘हामी यी मुल्यहरूको प्रवर्धन, पारदर्शिता, सुशासन, समृद्धिलाई अझ बढाउने आशाका साथ सहयोग गर्न चाहन्छौं। र निश्चय नै हामी नेपाललाई एउटा महत्वपूर्ण साझेदारका रूपमा देख्छौं जुन हामी यी धेरै मूल्य मान्यताहरूलाई साझा गर्छौं । इन्डो प्यासेफिक भिजनलाई यस क्षेत्रमा अगाडि बढाउनका लागि नेपालसँग मिलेर धेरै सम्भावित काम गर्न सक्छौं जस्तो हामीलाई लाग्छ ।’ –  डेपुटी एसिस्टेन्ट सेक्रेटरी जोनादन हेनिकले स्पष्ट पारेका छन् ।

त्यस्तै पूर्व एसिया र प्योसेफिकका लागि कुटनीतिक ब्यूरोमा कार्यरत डेपुटी एसिस्टेन्ट सेक्रेटरी वाल्टर डग्लसले यसबारेमा थप प्रकाश पार्दै इन्डो प्यासेफिक रणनीति कस्तो हुने भन्ने बारेमा विभिन्न देशका आआफ्ना भर्सनहरु रहँदै आएको बताएका छन् । जापान, अष्ट्रेलिया लगायतका देशको आआफ्ना नीतिहरु रहेको बताउँदै हालै कोरियाले नयाँ साउदर्न पोलिसी लिएको पनि उनले स्पष्ट पारेका छन् ।

अमेरिकाले गर्ने सबैमा आसियनले केन्द्रीय भूमिका खेल्ने बताउँदै उनले अमेरिकाको एसिया प्यासेफिक भिजनलाई भेन डायग्रामसँग तुलना गरेका छन् । उनले भनेका छन् – ‘कतिपय कुराहरु ठ्याक्कै फिट नभएपनि नजिक नजिक फिट हुने खालका हुन्छन् । इन्डो प्योसेफिक क्षेत्र कस्तो देखिनुपर्छ र हामी सबैको रुची कस्तो छ भन्ने सन्दर्भमा हामी सबैका उस्तै उस्तै साझा रुचीहरु छन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com