ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष अभियान सुरु (भिडियोसहित)


एबीसी न्यूज
माघ १७, २०७६ शुक्रबार  १० : ५४ बजे

झापा , १७ माघ । देशभरको शैक्षिक अवस्थाको कुरा गर्ने हो भने नीजिको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खासै राम्रो छैन । शिक्षामा अर्बौ लगानी भए पनि सामुदायिक विद्यालयहरुमा पढाई सुध्रिन सकेको छैन । तर, पछिल्ला केही वर्षयता कतिपय सामुदायिक विद्यालयहरुले आफुलाई पुनः शैक्षिक केन्द्र बनाउन प्रयास गरिरहेका छन् । झापाको कचनकवल गाउँपालिकाले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष अभियान सुरु गरेको छ ।

झापाको कचनकवल गाउँपालिकाले चालु आर्थिक बर्ष २०७६।७७ मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छुट्टै बजेट विनियोजना गरेको छ । सोही बजेटबाटै गाउँपालिकाले यसबर्ष देखि एक वडा ः एक नमुना बाल विकास केन्द्र स्थापना कार्यको थालनी गरेको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कचनकवल ५ डाँगाबारी स्थित पशुपति प्रथामिक विद्यालयमा नमुना बाल विकास केन्द्रको स्थापना गर्दै वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र लिङ्देन र गाउँपालिका अध्यक्ष अञ्जार आलमले नमुना बाल विकास केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद राजेन्द्र लिङदेनले भौतिक पूर्वाधारसँगै गाउँपालिकाको शिक्षा क्षेत्रमा विशेष लगानी गरिएको बताए ।

गाउँपालिका र संघीय सांसदको क्षेत्र विकास कोषबाट प्राप्त बजेटले यसबर्ष गाउँपालिकाको सात वटै वडामा सात वटा नमुना बाल विकास केन्द्रको स्थापना गरिदैछ । गाउँपालिकाले अहिलेसम्म विकास निर्माणको कामलाई मात्र तिव्रता दिँदै आएको छ । तर, विकासको मुल जड नै शिक्षा रहेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

पशुपति प्राविमा स्थापना गरिएको नमुना बाल विकास केन्द्रसँगै गाउँपालिकामा शैक्षिक सुधारको कामको सुरुवात भइसकेको छ । वाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्न व्यवस्था मिलाइएको छ । नमुना केन्द्रमा मण्टेश्वरी विधिसहित खेल सामग्री, सिकाई सामग्री, टेलिभिजन, एटेच शौचालय, स्वच्छ खानेपानी र पंखा जडान कार्यमा विशेष जोड दिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले बताए ।

आदिवासी समुदायको बाहुल्यता रहेको गाउँमा २०२९ सालमा पशुपति प्राविको स्थापना भएको हो । नीजि विद्यालय विस्तार हुनु अघि यस विद्यालयमा विद्यार्थीको चाप उच्च थियो । तर, अहिले विद्यार्थीको संख्या घट्दो क्रममा रहेको विद्यालयका प्रधानाध्यापक अनिल कुमार गणेशलेब बताउनुभयो ।

गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय रहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ कक्षासम्म निःशुल्क र छात्रालाई कलेजमा निशुल्क शिक्षाको व्यवस्था गरेको छ । साथै प्राविधिक शिक्षालाई समेत जोड दिँदै लगिएकोले विद्यार्थीमाथि गाउँपालिकाले ठूलो लगानी थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com