ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा महाधिवेशन २०७७ चैत अन्तिम साता (प्रतिवेदनको पूर्ण पाठ)


ABC NEWS
माघ १६, २०७६ बिहीबार  २ : ५२ बजे

काठमाडौं १६ माघ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।
बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको छ ।
नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको छ त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ ।नेकपाको आगामी महाधिवेशन एकताको महाधिवेशन हुनेछ ।
केन्द्रीय समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
प््रतिवेदनमा ०७७ भदौदेखि मङ्सिरसम्ममा ७ सय ५३ वटै स्थानीय तह र ७ प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।
प्रचण्डले राजनीतिक प्रतिवेदनमा साउनको दोस्रो हप्ताभित्र सबै जिल्ला कमिटिले जिल्लाको प्रगतीको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।
यस्तै साउनको तेस्रो हप्तामा प्रदेश कमिटिले आ–आफ्नो प्रदेशको प्रगतीको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ । आगामी साउनमा केन्द्रीय समितिको बैठक बसी पार्टीको समग्र अवस्थाको मूल्यांकन गर्ने र महाधिवेशनको तयारीमा जुट्ने प्रस्ताव गरिएको छ ।
प्रतिवेदन एमसीसीका बारेमा मौन छ भने इन्डो प्यासिफिक स्ट्राटेजी सैन्य गठवन्धन भएको र विआरआई सहयोग रणनीति भएको स्पष्ट गरिएको छ ।
प्रतिवेदनले देशभित्रका शक्तिहरु मध्ये नेपाली कांग्रेसको यथास्थितिवादी चरित्रको भण्डाफोर गर्दै शान्ति प्रक्रियाका बांकी काम पूरा गर्न सहकार्य गर्ने नीति लिएको छ ।
प्रधानमन्त्रीको उद्घाटन सम्वोधनमा जस्तै प्रतिवेदनमा पार्टी र सरकारका राम्रा कामको व्यवस्थित प्रचार हुन नसकेको भन्दै विशेष योजना बनाउने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा हालै सम्पन्न निर्वाचनहरुले नराम्रो झड्का दिएको निश्कर्ष सहित मतदाताको परिवर्तित मानिसकतालाई पार्टीले सधैंभर हेक्का राख्नु पर्ने बताईएको छ ।

 

 




← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com