ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय गुणस्तरका वस्तुहरुको मात्र आयात गर्न उद्योगी व्यवसायीहरुको सरकारसंग माग (भिडियोसहित)


एबीसी न्यूज
माघ १०, २०७६ शुक्रबार  ९ : ०४ बजे

काठमाडौं, १० माघ ।  उद्योगी व्यवसायीहरुले व्यापार घाटा धेरै नै बढेकाले स्वदेश भित्र उत्पादन हुने वस्तुहरुको आयातमा कडाई गर्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले नेपालमा प्रसस्त उत्पादन हुने बस्तुपनि बिदेशबाट आयात हुदा नेपाली बस्तुले प्रतिपर्धा गर्न नसकेको गुनासो गरेका छन् । नेपालमा कम गुणस्तरका सामान आयात भइरहेको भन्दै अन्तर्राष्ट्रिय गुणस्तरका वस्तुहरुको मात्र आयात गर्न सरकारसंग माग गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीहरुले विदेशबाट आयात हुने वस्तुको मूल्याकंनमा जोड र भन्सार दर कम गर्न सरकारलाई आग्रह गरेका छन । उद्योगीहरुले विदेशबाट कम गुणस्तरका बस्तुहरु गुणस्तरीय नेपाली उत्पादनलाई समेत असर पु¥याइरहेकोले त्यस्ता बस्तुहरुलाई रोक लगाउनु पर्नेमा जोड दिएका हुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजि क्षेत्रका समस्यालाई ध्यान नदिएको आरोप लगाए ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले ट्रस्टेड ट्रेडर्सको अवधारणा कार्यान्वयनमा छिट्टै ल्याउन आग्रह गरेका छन । व्यापार सहजिकरणको मुलभुत सिद्धान्त अनुसार भन्सार कार्यालयले सेवा दिन नसकेको गुनासो पनि ब्यववसायीको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले स्वदेशी उद्यमीहरुले उत्पादन गरेको विद्युत विदेशमा विक्री गर्न नमिल्ने कानून रहेकाले आफुहरु विदेशमा कम्पनी स्थापना गरि त्यसकै नाउबाट जलविद्युत परियोजना निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहको गुनासो समेत सुनाए ।

यस्त,ै सरकारले कपडा उद्योगीहरुलाइ छुट दिएको भन्ने गरेपनि अहिलेसम्म आफुहरुले छुट पाउन नसकेको बताए । उनले २०७५ सालको मंसिर २४ गतेको मन्त्री परिषदबाट निर्णय भएका सुविधाहरुको सम्बन्धमा उल्लेख भएतापनि टेक्सटाईल इण्ड्रष्टिले त्यस्को उपयोग गर्न नपाएको गुनासो ब्यक्त गरे ।

नेपालमा धेरै उद्योगी व्यवसयीहरु लगानी गर्न इच्छुक छन । तर, अहिले सञ्चालनमा आइरहेका उद्योग भने नेपालमा आउने गुणस्तहिन बस्तुबाट पीडित बन्दै गएका छन । दक्षिण भारतको खुल्ला नाका हुदै भन्सार नतिरी आउने बस्तु र चिनबाट आउने कमसल खालका बस्तुसंग प्रतिपर्धा गर्न नक्सदा समस्यामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com